गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाद्वारा लोकतन्त्र दिवस को अवसरमा आवश्यक सामग्री बितरणका लागि हस्तान्तरण

प्रकाशित मिति:

अमेरीका । लोकतांत्रिक आन्दोलनका सम्पूर्ण शहीदहरु प्रति एवं दोस्रो जन आन्दोलन ०६२ ०६३ का कमाण्डर शिखर पुरुष गिरिजा प्र कोइराला प्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै लोकतन्त्र दिवसको उपलक्ष्यमा गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले समाज प्रति केही गर्न सकिन्छ कि भन्ने हेतुले यस कोभिड १९ को महामारीको चपेटामा पर्नु भएका न्युयार्कका नेपालीहरुलाई यस फाउण्डेशनले आफ्नो तर्फवाट सक्दो सहयोग गर्न अग्रसर छ।

सेवा नै धर्म हो भन्ने मूल नाराकासाथ आज गिरीजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले एलिजाबेथ क्राउलि न्यु यार्क शहरकी पुर्व काउन्सील मेम्बरलाई ह्रदय देखि धन्यवाद एवम् आभार प्रकट गर्दछ। आदरणीय एलिजाबेथ क्राउलिले यस फाउण्डेशन लाई सहयोग गर्दै कोभिढ १९ को महामारी संग जुद्वनलाई १५० वटा रेगुलर मास्क, ८५ वटा सेनीटाईजर-reusable  र १० बाक्स ग्लोभ्स उपलब्ध गराइ दिनु भयो।सहयोग सामग्रीहरुको हस्तान्तरण कार्यक्रममा यसै फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमीरे, केन्द्रीय सदस्य एवम् समुदाय सम्बन्ध निर्देशक छिरिङ्ग राप्के लामा, केन्द्रीय सदस्य प्रेम पौडेल र कृयासिल सदस्य सूर्य सिमखडाहरु एलिजाबेथ क्राउलिकै निवासमा उपस्थिति रहेको थियो। यी सामग्रीहरु छिरीङ्ग राष्के लामाले नेपाली समुदायमा वितरण गर्नु हुने छ र कृपया वहाँ सगं (347) 652-3683 मा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौं।