बुढ्यौलिको सहारा, कोरोनाले टुटायो सपना

प्रकाशित मिति:

झविन्द्र भण्डारी,  बैशाख १२, गुल्मी । चाउरी परेका गाला, सेतै फुलेका दारी, फाटेको टोपी, सानो बुकुरो मुनी चार बीस कटिसकेका रने दाई पिडीमा वसेर परदेशी छोरासँग फोनमा गुनगुन गर्दे छन । उत्तिकै उमेर पुगेकी भाउजु समिपमै वसेर सुनिरहेकी छन । हजुरबा यत्तिकै मरे, बा पनि मरे अव हाम्रो पालो हो रोगले झन झन च्याप्न लाग्यो आइजान बाबु त साथमा हुँदा पो केही भएको थिएन । अहिले धेरै गारो भयो तेरो मुख त देख्न पाइएला वरु पैसा चाइदैन छिट्टै आइजा बाबु । गाउँका सबै आए तसित संगै खेल्ने भिमे, श्यामे काठमाण्डु बटौली गएका सबै आए बाबु त किन आउदैनस् ? कानमा फोन राखेका रने दाइका आखाँ टिलपिल टिलपिल छन भाउजुका आखााँ आसुले भरिइसकेका छन । १ छोरा १ छोरी हुर्काइसकेका यो दम्पतीको साथमा अहिले कोही छैन । छोरीको विहेवारी भइसक्यो छोरा पढ्ने उमेरमै बुढा आमा बुबाको अनुहारमा खुसि भर्न ऋण खोजेर परदेश पसेको १ महिना मात्र भयो । पहिलो चोटी परदेशीएको छोराको व्यथा अर्कै छ । आखाँभरी सपना, तन मनमा उत्साह राखि परदेश पसेको अर्को दिनमा नै पहिलो गासमै ढुङ्गा लागे जस्तो भयो । धेरै सपना बुन्दै कम्पनी छिरेको के थियो विश्वभरी महामारी रुपमा फैलिएको कोरोना भाइरसले उसको कम्पनीलाई समेत अछुतो राख्न सकेन । सबै काम बन्द भए । उत्साह र उमेद सहित कम्पनी छिरेको उसलाई दिउँसो नै रात परे जस्तो भयो । कञ्चन भएको उसको मनमा एका एक वादल मडारीएर आयो अनि भन्यो ए आमा ! ए बा !

जिवन न मृत्युको दोसादमा जेलिएर मृत्यु संग लडिरहेका बुढा बुढीको मन अत्यासले भरियो । कुनै पल आफुबाट टाढा नगराएको छोरो आज आफु संग छैन । एक महिना समेत उनिहरुलाई कैयौँ वर्ष जस्तै लाग्यो । परदेश पठाउने मन त कहाँ थियो र बाध्यतामा रोमलिएपछी पठाउन विवश भए । मन भुलाउने कोशिस नगरेकापनी होइनन । जव चाडपर्वमा जस्तै सँगै खेल्ने, सँगै पढ्ने साथीहरुलाई घर छिमेकमा देख्दा बुढा बुढीको मन न हो कहाँ मान्थ्यो र । विश्वभर फैलिएको कोरोनाले सहर वस्ने धेरैलाई गाउँ फर्कन बाध्य गरायो । सबैलाई देखेपछी उनीहरुको मन अतालियो आखाँ वरिपरी छोरो घुम्न थाल्यो । भोक सँग लडिरहेको पनि १ महिना वितिसक्यो । खाडीको एक अन्धकार कोठामा उसले सोच्यो “देख्न नपाएपनी सायदै मैले सोच्ने कैदि वस्ने जेल यस्तै हुन्छ होला” । सम्झना आखाँभरी ताजै छ “आमा मेरो भिसा लाग्यो, बा मेरो भिसा आयो म पनि अव विदेश जान्छु धेरै पैसा कमाउँछु सहरमा घडेरी किन्छु ठुलो घर बनाएर तपाईंहरुलाई सहर लान्छु” उसको मुहारमा पलाएको त्यो खुसी ति सपना आज कति छिट्टै विलिन भइसके । उन्माद खुसीका तरंग पलाए तर धेरै दिन टिक्न सकेनन् । भन्यो “भगवान मेरो त भाग्य पनि कमारो रहेछ” । हातमा भिसा पर्दाको दिनमा उसमा आएको खुसीमा आज निरासा, वेचैन र चिन्ता रोमलिएको छ । परदेशीने रहर कहाँ थियोर पढ्ने मन त नभएको होइन । सानै उमेरमा ऋणले च्यापे पछी केही नलाग्दो रहेछ । उसलाई याद छ कक्षा ४ मा पढ्दा शिक्षकले बाबु ठुलो भएपछी के बन्ने ? उसले कुनै संकोच नराखी भनि भ्याउथ्यो सर डक्टर । डक्टर बन्ने उसको चाहना केही वर्षमै टुट्यो अनी बाध्य भयो परदेश पस्न । परदेश कहाँ सोचे जस्तो बन्योर उसलाइनै कुरेर बसे जस्तो कोरोना भाइरस उ पुगेको अर्को दिनबाट कम्पनी बन्द भयो । भन्छ “घरमा भएको भएत दुख सुख गरेर बा आमा सँग वस्नत पाउथे यो मरुभुमिमा कहाँ जाऊ के गरु ”आलाप विलाप गर्छ भगवान सँग ।

सकुन्जेल त रने दाइले काम गरेकै हुन, छोराछारीलाई त्यही दुख गरेर हुर्काए, वढाए, सकेको पढाए तर अहिले अवस्था त्यस्तो रहेन । बुढ्यौलीले छोपेपछी अवको भरोसा उहि छोरा थियो । तिनै बा आमाको मुहारमा खुसी छर्नकै लागि परदेशीएको छोरो आफै दुखमा फस्यो । भाग्य भन्नु्कि नियतीको खेल दुखमा झन दुख भोग्न बाध्य भए रने दाइ । न परदेश पसे, न जागिर नै गरे अरुकोमा परिश्रम गरेर उनले सानो बुकुरो, केही जग्गा अनि छोरीको विहे समेत गरिदिए । उनका लागि त्यो बुुकुरो दरबार थियो । एक्लो मेहनतले वनाएको बुकुरोको औधी माया छ रने दाइलाई ।दुख पिडाको भुमरीमा जेलिदा जेलिदै सुखको सास फेर्ने दिन कहिले आउला? ताप र चिन्ता धेरै छ सहारा परदेश पसेपछी बुढा बुढी आकुल व्याकुल छन । बुढ्यौलीले च्यापे पछी आधार विना वाच्न दुसाध्य छ । सपनाहरु असरल्ल भए, तैपनी खाडीको अध्यारो कुनाबाट फेरी सपना बुन्यो “जान्छु नेपाल बाझो जग्गा फोर्छु दुख पाए मेरै माटोमा पाउछु, पसिना मेरै माटोमा बगाउछु अनी मेरा बा आमाको मुहारमा खुसी छर्छु” उसले अठोट गर्‍यो तर जा ने कहिले हो? पत्तो छैन ।काल्पनिक पात्र रने दाइ, काल्पनिकता भित्र समाजको यथार्थता लुकेको छ ।