रोट्र्याक्ट क्लवद्वारा निशुल्क तनाव व्यवस्थापन कार्यक्रम हुँदै

१२ बैशाख २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया


मदन शर्मा/बुटवल – लकडाउनको समयलाई सदुपयोग गर्दै रोट्र्याक्ट क्लव अफ कावासोतीले एक नयाँ शैलीको कार्यक्रमको आयोजना गर्ने भएको छ । विगत एक महिना देखि निरन्तर चलिरहेको लकडाउनका कारण कामकाजमा व्यस्त रहने मानीसमा घरभित्र बसिरहँदा मानसिक तनाव सृजना हुने भन्दै क्लवले निशुल्क तनाव व्यवस्थापन कार्यक्रम(Stress Management Program)को आयोजना गर्ने भएको हो ।

विभिन्न सामाजीक तथा आत्मानुसाशनका कार्यक्रमका लागि परिचीत संस्था आर्ट अफ लिभिङ्गको सहकार्यमा उक्त कार्यक्रम सामाजीक दुरीको पालना गर्दै ईन्टरनेटको माध्यमबाट गर्न लागिएको कार्यक्रम संयोजक एवं रोट्र्याक्ट क्लव अफ कावासोतीका सदश्य विशाल सिग्देलले जानकारी दिनुभयो ।

आज(शुक्रवार) साँझ ४ बजेदेखि सुरु हुने उक्त कार्यक्रमको सहजीकरण आर्ट अफ लिभिङ्गको नेपालका लागि प्रशिक्षक काव्या लम्सालले गर्नुहुने छ । कार्यक्रममा सहभागीता जनाउन तथा कार्यक्रमको प्रभावकारीता आफ्नो दैनीक जिवनमा महसुस गर्नको लागि ईच्छुक सम्पुर्णले जुम एप्लीकेशनको प्रयोग गर्नुपर्ने उहाँको भनाई छ । जुम एप्लीकेशनको प्रयोगले धेरै संख्याका मानीसले एकै समयमा एकैसाथ भिडियो कलमार्फत प्रत्यक्ष कुराकानी गर्न सकिने संयोजक सिग्देलले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया