नगर प्रमुख थापाद्धारा जिल्लाका पत्रकारलाई सेनिटाइजर प्रदान

प्रकाशित मिति:

प्रकाश न्यौपाने ।
नवलपरासी, १२ बैशाख ः नवलपरासीमा रहेको सुनवल नगरपालिकाका नगर प्रमुख भिम बहादुर थापाले नेपाल पत्रकार महासंघ जिल्ला शाखा पश्चिम नवलपरासीलाई सेनिटाइजर उपलब्ध गराउनु भएको छ । शुक्रबार विहान नगर प्रमुख थापाले पत्रकार महासंघलाई ७० थान हेण्डस सेनिटाइजर, १० थान केएन ९५ मास्क प्रदान गर्नु भएको पत्रकार महासंघका अध्यक्ष हरी शर्माले बताउनु भयो । विश्व भरी नै कोरोनामा पनि पत्रकारहरु समाचार संकलनका क्रममा अग्रपंक्तिमा रही फिल्डमा खटिनु पर्ने बाध्यता रहेका बेला पत्रकारहरुलाई स्वास्थ्य सुरक्षाका लागि सहयोग उपलब्ध गराइएको थापाले बताए । पत्रकार महासंघमा उपलब्ध भएका सम्पुर्ण सामाग्रिहरु जिल्लामा संक्रिय पत्रकार र सञ्चार गृहलाई उपलब्ध गराईने महासंघका अध्यक्ष शर्माले बताउनु भयो ।