प्रदेश सांसद मल्लद्वारा गल्याङ नगरपालिकालाई ८० हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग

१२ बैशाख २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया


गल्याङ  –  गण्डकी प्रदेश सांसद भागवत प्रकाश मल्लले गल्याङ नगरपालिकालाई झण्डै ८० हजार रुपैयाँ बराबरको खाद्यान्न सामाग्री सहयोग गर्नुभएको छ । स्याङ्जा क्षेत्र नम्बर दुई ख का सांसद मल्लले गल्याङ नगरपालिकाको प्रकोप व्यवस्थापन राहत कोशमा विभिन्न खाद्यान्न सामाग्री सहयोग गर्नुभएको हो । मल्लले प्रदान गरेका खाद्यान्न सामाग्री नेपाली काङ्ग्रेस गल्याङ नगर समिति सभापति श्यामप्रसाद बस्यालले गल्याङ नगरप्रमुख भुपराज अधिकारीलाई हस्तान्तरण गर्नुभयो । खाद्यान्न अन्तर्गत २५ केजीका ४५ बोरा चामल, दुई बोरा दाल, तीन प्याक तेल र एक बोरा नुन गरी ७९ हजार पाँच सय ५० रुपैयाँ बराबरको खाद्यान्न सामाग्री रहेको बस्यालले जानकारी दिनुभयो ।

खाद्यान्न सामाग्री ग्रहण गर्दै नगरप्रमुख अधिकारीले विपतको बेलामा गरिएको सहयोग निकै महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले प्राप्त खाद्यान्न सामाग्री विपन्नमा परेका नगरवासीहरुलाई हस्तान्तरण गरिने स्पष्ट पार्नुभयो । सो अवसरमा वडा नम्बर तीनका अध्यक्ष महेश भट्टराईले सांसद मल्लबाट आएको सहयोग बारे जानकारी दिनुभएको थियो । हस्तान्तरण कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डे, रेडक्रस गल्याङ शाखाका सभापति लक्ष्मण भट्टराई, नेपाली काङ्ग्रेसका स्थानीय नेता चन्द्रबहादुर रखाली नेकपा नेता लोकेन्द्र थापामगर लगायतको पनि सहभागिता थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया