‘वालिङ नगरपालिका कोभिड १९ राहत कोष’ मा साढे ३१ लाख संकलन

प्रकाशित मिति:

तोलाकान्त बगाले / वालिङ – वालिङ नगरपालिकाले स्थापना गरेको ‘वालिङ नगरपालिका कोभिड १९ राहत कोष’ मा शुक्रबारसम्म साढे ३१ लाख संकलन भएको छ ।वालिङ नगरभित्रका १४ वटै वडामा कोभिड १९ को संक्रमणबाट गुज्रिरहेको अवस्थामा नपाको प्रभावित नागरिकहरु सिमान्तकृत, गरीब, दैनिक ज्यालादारी, गुजारा ब्यवसाय र सडक जीवन बिताईरहेकाहरुलाई खाद्यान्न तथा राहत उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको कोषमा बिहीबारमात्रै ५१ हजार २ सय ५ रकम संकलन भएको छ ।वालिङ नगरपालिकाले स्थापना गरेको राहत कोषमा बिहीबारमात्रै वालिङ ९ निवासी विष्णुप्रताप खाँणबाट २१ हजार, वालिङ १० निवासी सुनिल खनालबाट १० हजार २ सय ५ र वालिङ ६ निवासी चोलाकान्त पंगेनीबाट २० हजार गरी कूल ५१ हजार २ सय ५ रुपैयाँ संकलन भएको हो ।

बिहीबार थप भएको रकमसँगै हालसम्म नगद तथा खाद्यान्न गरी रु. ३१ लाख ५० हजार ९ सय २६ संकलन भएको वालिङ नगरपालिकाले जनाएको छ । नगरपालिकाको राहत कोषमा हालसम्म नगद २४ लाख, ६२ हजार ९ सय २६ र खाद्यान्न ६ लाख ८८ हजार गरी कूल रु. ३१ लाख ५० हजार ९ सय २६ संकलन भएको वालिङ नगरपालिकाले जनाएको छ ।वालिङ नगरपालिकाको कोभिड १९ राहत कोषको नेपाल बैंक लिमिटेड वालिङको खाता नं. ०८३००१०६८३३२६७०००००१ मा ईच्छुक संघ संस्था तथा ब्यक्तिगत र संस्थागत सहयोग रकम जम्मा गरी बैंक भौचरको प्रति नगरपालिका कार्यालयमा उपलब्ध गराउन हुन पनि नगरपालिकाले अनुरोध गरेको छ ।