अध्यादेश फिर्ता गर्न माग गर्दै नेविसंघको देशै भरी प्रदर्शन

प्रकाशित मिति:

काठमाडौं । सरकारले गत सोमबार जारी गरेका दुई अध्यादेशहरु संबैधानिक परिषद् र राजनीतिक दल सम्बन्धी तत्काल फिर्ता लिन माग गर्दै नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले आन्दोलन थालेको छ । नेविसंघले शुक्रबार बिहान सडकमा उत्रिएर देशैभर विरोध गरेको हो । बिहान ूसाङ्केतिक बिरोध प्रदर्शन काठमाडौं गोगवु मा नेपाल विघार्थी संघका महामन्त्री दिपक भटराईको नेृत्वमा सामाजीक दुरी कायम गर्दै भएको छ । सामाजिक दूरी कायम राख्दै, लकडाउनका सबै नियमको पालना गर्दै १० मिनेट सम्म हातमा प्लेकार्ड तथा कालो झन्डा बोकी मर्यादित र अनुशासित रुपमा कार्यक्रम सम्पन्न गरेको महामन्त्री दिपक भटराईले जानकारी दीनु भएको छ ।

बबरमहलमा जिल्ला प्रशासन कार्यालय बाहिर मुल सडकमा प्रदर्शन भएको छ । नेविसंघ महामन्त्री युवराज पाण्डेयको नेतृत्वमा नेतृ निमा गिरि, विद्यार्थी नेता तपेन खड्का लगायत ५ जना मात्र जम्मा भएर पदर्शन भएको थियो , महामन्त्री भराईले सरकारले ल्याएका विधेयकहरू तत्काल फिर्ता गर्न दवाव दिने उद्देश्यले सामाजिक दुरी कायम गरी, स्वास्थ्य सावधानी अपनाउदै, भिडभाड नगरी सांकेतिक विरोध कार्यक्रम गरेको जनाए ।