कालिगण्डकी गाउपालीकालाई प्रदेश सांसद मल्लद्वारा खाद्यान्न सहयोग

प्रकाशित मिति:

सबिन डोटेल । स्याङ्जा गण्डकी प्रदेश सभा सदस्य माननीय भागवत प्रकाश मल्ल ज्युले विभिन्न समयमा जनताको सुख दुस्खमा अग्रसर रहेर आमनागरिकको कुशल अभिभावकको रुपमा चिनारी दिदै आई रहनु भएको बखतमा देशमा देखा परेकोको लकडाउनको कारणले उत्पन्न संकटलाई मध्य नजर गर्दै गण्डकी प्रदेश सभा सदस्य माननीय मल्लको आर्थिक सहयोगमा कालीगण्डकी गाउपालिकालाई राहत स्वरूप खाद्य सामग्री प्रदान गर्नुभएको छ ।

साथै राहत सामाग्री दैनिक जिबिकोपार्जनको समस्यामा परेका कालीगण्डकी गाउपालिकाका अति विभिन्न , असाय परिवारलाई बितरण गरिने गरि कालीगण्डकी गाउपालिका लाई हस्तान्तरण गर्नु भएको ने बि संघ कालीगण्डकीका विद्यार्थी नेता रेस्मी राज न्यौपानेले जानकारि दिएका थिए।