महाबिपत्तीको चुनौतीलाई सामना गर्ने उद्देश्यसहित संयुक्त अन्तरसंवाद बैठक

१२ बैशाख २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया


कोभिड १९ को महाबिपत्तीको चुनौतीलाई संयुक्त रुपमा सामना गर्ने उद्देश्यसहित प्रदेशका सभामुखहरु बिच संयुक्त भिडियो अन्तरसंवाद बैठक अर्थात भर्चुवल मिटिङ्ग सम्पन्न भएको छ । प्रदेश नं. ५ का सभामुख माननिय पूर्ण बहादुर घर्तिले प्रदेश भित्र भएका कोरोना रोकथाममा प्रदेश सरकारले गरेका काम कारबाहिको बारेमा जानकारी गराउनका भएको थियो ।भिडियो अन्तरसंवाद तथा अन्तरक्रिया कार्यक्रममा सहभागि बिभिन्न प्रदेशका सभामुखहरुले नविनतम प्रबिधिको प्रयोग र बर्तमान अवस्थाका चुनौतीहरुको सामना गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभएको थियो । सम्पुर्ण मानव जगतमाथि आईलागेको महाबिपत्तीका बेला दलिय स्वार्थ र आग्रह पुर्वाग्रह त्यागेर एकताबद्ध भै अघि बढ्नुको बिकल्प नरहेको उल्लेख गर्दै सभामुखहरुले समस्या समाधानमा जुट्नु पर्ने बेला आएको बताउनु भयो । प्रदेश पाँचका सभामुख पुर्णबहादुर घर्तीका अनुसार कर्णाली प्रदेशका सभामुख

राजबहादुर शाहीले आयोजना गर्नुभएको सो भिडियो संवादको संयोजन युएनडिपीले गरेको थियो ।सो संवादमा प्रदेश २ का सभामुख सरोजकुमार यादव, बाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, गण्डकी प्रदेशका सभामुख नेत्रलाल अधिकारी, प्रदेश पाँचका सभामुख पुर्णबहादुर घर्ति, कर्णाली प्रदेशका सभामुख राजबहादुर शाही, सुदुरपश्चिम प्रदेशका सभामुख अर्जुनबहादुर थापा लगाएत उपसभामुखहरु र प्रदेश सभाका सचिवहरुको समेत सहभागिता रहेको थियो उक्त सम्वादमा बिश्वब्यापी महामारीका रुपमा फैलिईरहेको कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचारमा प्रदेश सभाका सभामुख एवं प्रदेश सभाका सदस्यहरुको भुमिका कस्तो हुने भन्ने बिषयमा भिडियो अन्तरसंवाद भएको हो ।भिडियो संवादमा युएनडिपीका प्रतिनिधीहरु बिपिन अधिकारी, भुषणराज श्रेष्ठ, राजबहादुर श्रेष्ठ र डिलादत्त पन्तले कोभिड १९ ले निम्त्याएको समस्या र समाधानका उपायहरु बारे सहजीकरण गरेका थिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया