हिमचुलीको साधारण सभा सम्पन्न

प्रकाशित मिति:

भैरहवा, १० कार्तिक । हिमचुली बचत तथा ऋण सहकारी संस्था लिमिटेड भैरहवाको १२ औं साधारण सभा भैरहवामा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सहकारी क्षेत्रमा सबैको पहँुच आवश्यक रहेको बताए । उनले स्थानिय, प्रदेश र संघले सहकारी मैत्री निति बनाई सहकारी क्षेत्रमा सबैको पहुँच बढाउनमा जोड दिए । खाँणले सहकारी जिवन पद्धती भएको उल्लेख गर्दै सहकारी भित्र समूह गठन गरि लगानीको वातावरण फराकिलो पार्नु पर्ने बताए ।

उनले सहकारीकै कारण अहिले महिलाहरुको पूंजिमाथी स्वामित्व बढेको समेत बताए । सहकारीले अहिले थुपै्र नागरिकलाई मालिक बनाएको उल्लेख गर्दै सहकारी मैत्री निति अवलम्बन गर्न सबै संग आग्रह गरे । सहकारीबाट मात्रै मुलुकमा आर्थिक क्रान्ती सम्भव भएको उल्लेख गरे ।

संस्थाका अध्यक्ष बसन्त कुमार लाल कर्णले हिमचुली सहकारीले आफ्ना शेयर सदस्यको हितलाई ध्यानमा राख्दै दुर्घटना बिमा तथा मेडिकल(औषधी उपचार) बिमा शुरु गरिएको बताए । यसै गरि उनले संस्थाले सबै शेयर सदस्य, कर्मचारी तथा पदाधिकारी लगायतका लागी आचार संहिता समेत बनाई सो को पालनमा जोड दिएको बताए ।

संस्थाका कार्य समिति सदस्य दिपक कुमार यादवले आर्थिक बर्ष २०७४÷०७५ को आय ब्यय पेश गर्दै ८ करोड ९० लाख १७ हजार ८ सय ४४ रुपैया बराबरको काम भएको बताए । उनले संस्थाको कुल बचत ८ करोड ६८ लाख ८२ हजार ५ सय ८४ रुपैया र कर्जा ८ करोड ४२ लाख २१ हजार २ सय ९२ रुपैया रहेको बताए । संस्थामा २ सय ६९ जना शेयर सदस्य रहेका छन ।

संस्थाका लेखा समिति सदस्य दिपक घिमिरेले लेखा समितिको प्रतिवेदन पेश गर्दै संस्थाले आफ्नो वेबसाईट बनाई अगाडी बढाउनु पर्ने सुझाव दिए । उनले शेयर सदस्यहरुलाई आवश्यक पर्ने सूचना फेसबुक पेजबाट पाए पनि यसलाई अद्यावधिक गर्दै वेभसाईटको रुपमा लैजाने सुझाव दिएका हुन् ।

कार्यक्रममा प्रवद्र्धन बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष दिपक क्षेत्री न्यौपाने, हिमाली सामुदायिक सेवा केन्द्रका अध्यक्ष सुरेन्द्र जंग थापा, सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष कुल प्रसाद न्यौपाने लगायतले बोलेका थिए । संस्थाका सचिव अम्बिका प्रसाद तिवारीको सञ्चालन र उपाध्यक्ष बेचन प्रसाद गुप्ताको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

बार्षिक साधारण सभाको अवसर पारी संस्थाले उत्कृष्ट बचतकर्ता, असल ऋणि, कर्मचारी लगायतलाई नगद सहित सम्मान गरेको थियो ।