साना किसान सहकारीद्वारा प्रकोप व्यवस्थापन कोषमा ३५ हजार प्रदान

१२ बैशाख २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया


चुत्र महत / भीरकोट – कोविड १९ को संक्रमण वाट वच्न लक डाउन खेपी रहेका र साझ विहान हात मुख जोर्न धौ धौ भएकालाई राहत होस भनी भीरकोट नगरपालिका वडा न २ मा रहेको साना किसान सहकारी सस्था लिमिटेडले भीरकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा हुने गरी साना किसान सहकारी सस्था लिमिटेडका अध्यक्ष भगवती सेनले ३५ हजार चेक नगर प्रमुख छायाराम खनाललाई प्रदान गर्नु भएको छ । चेक वुझ्दै प्रमुख खनालले जति पनि संघ सस्था र

व्यक्तिले नगरपालिकामा प्रदान गरेको राहत वास्तविक कोविड १९ का कारण प्रभावितहरुको हातहातमा पुग्ने भन्दै दिल खोलेर सहयोग गर्न आग्रह गर्नुभयो । पहिलो चरणको राहत वितरण कार्य सम्पन्न भएको भन्दै दोस्रो चरणको राहत अव केही दिनमानै वितरण गर्ने प्रमुख खनालले वताउनु भयो । हाल सम्म भीरकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जिन्सी र नगद गरी ७ लाख ७८ हजार ३ सय ३८ जम्मा भएको नगर प्रवत्ता दिपेन्द्र केसीले वताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया