म्याग्दीका व्यवसायी र वुटवलका व्यवसायी विच छलफल

प्रकाशित मिति:

बुटवल, १० कार्तिक ।
म्याग्दी उद्योग वाणिज्य संघको नेतृत्वमा बुटवलमा आएको म्याग्दीका उद्योगि व्यवसायी तथा जनप्रतिनिधिहरुले आज शनिवार बुटवलका व्यवसायीसंग छलफल गरेका छन ।
त्यसअवसरमा दुई स्थानको उद्योग व्यापार र पर्यटन बिकासका सम्वन्धमा छलफल भएको थियो ।
टोलीलाई स्वागत गर्दै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिम बहादुर हमालले परम्परागत सम्वन्धलाई अहिलेको परिस्थितिमा दुबै स्थानका व्यवसायीहरुले एक अर्को स्थानमा लगानी गरेर निरन्तरता दिन सकिने बताउनु भयो ।
म्याग्दीका अध्यक्ष उत्तम कुमार कर्माचार्यले म्याग्दी भ्रमण वर्ष २०७५ लाई सफल बनाउन बुटवलका व्यवसायीहरु म्याग्दी गएर सहयोग पुर्याउन आग्रह गर्नुभयो । उहाले बुटवल नुन र मट्टितेल लिन पहिला म्याग्दीबासी बुटवल आउने गरेको उल्लेख गर्दै अहिले पर्यटनमा अघि बढदै गरेको म्याग्दीमा पर्यटन क्षेत्रमा लगानी गरे बुटवलका व्यवसायीले राम्रो लाभ लिन सक्ने बताउनु भयो ।
बुटवल उद्योग वाणिज्य संघका पुर्वअध्यक्ष जीवन प्रसाद वझाले कालिगण्डकी कोरीडोरको निर्माण पुरा भएपछी यो क्षेत्रले भारत र चीनसंगको व्यापारबाट ठुलो लाभ लिन सक्ने बताउनु भयो ।
म्याग्दीको मंगला गाउपालिकाकी उपाध्यक्ष श्रृजना केसीले उद्योग वाणिज्य संघ र स्थानीय तह मिलेर म्याग्दीलाई नमुना पर्यटकीय क्षेत्र बनाउने अभियानमा लागेको बताउनु भयो ।
कर्यक्रममा म्याग्दीका पुर्वअध्यक्ष सुर्दशन कुमार श्रेष्ठ र सुर्य प्रसाद मर्सानी, बुटवलका बरिष्ठ उपाध्यक्ष उज्ज्वल कसजू, महासचिव दिनेश प्रसाद श्रेष्ठ, सदस्य शुक्र बस्याल लगायतले दुई स्थानको व्यापार र पर्यटन बिकासका सम्वन्धमा चर्चा गर्नु भएको थियो ।