कोरोना भाइरसले अमेरिकामा ५२ हजारभन्दा बढीको मृ”त्यु”

प्रकाशित मिति:

काठमाडौं/करिव ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुने मानिसको संख्या ५२ हजार नाघेको छ ।यो समाचार तयार पार्दासम्म थप १ हजार ८५१ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको संक्रमण अमेरिकामा मृत्यु हुनेको संख्या ५२ हजार ८५ पुगेको हो ।

पछिल्लो २४ घण्टामा त्यहाँ ३७ हजार ३२ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या ९ लाख २३ हजार ४७४ पुगेको छ ।अमेरिकामा संक्रमितमध्ये ९३ हजार ३७९ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ७ लाख ७८ हजार ३० जनामध्ये १४ हजार ९५४ जनाको अवस्था गम्भीर रहेको छ । खबरहब बाट साभार