बेलायतमा कोरोना भाइरसले थप तीन नेपालीको मृ”त्यु”

प्रकाशित मिति:

काठमाडौं/ बेलायतमा कोरोना भाइरसको संक्रमणबाट थप ३ नेपालीको मृत्यु भएको छ ।बेलायतको नानिटनस्थित जर्ज इलियट अस्पतालमा उपचारका क्रममा ३२ बर्षीया नेपाली युवतीको मृत्यु भएको छ ।मिर्गौला सम्बन्धी रोगबाट पीडित उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि एकहप्ता अघि अस्पताल भर्ना गरिएको थियो । खोटाङको ऐसेलुखर्क पुर्ख्यौली घर भएकी उनी पछिल्लो समय धरान १७ मा बस्दै आएकी थिइन् ।

कोरोना भाइरसकै संक्रमणले बेलायतको रेडिंगमा बस्दै आएका एक ६५ बर्षीय बृद्धको पनि मृत्यु भएको छ । झापाको खुदुनाबारी स्थायी घर भएका उनी सन् २००६ देखि बेलायतमा बस्दै आएका थिए ।यस्तै बेलायतको व्ह्वाइटसिटीमा बस्दै आएका पूर्व गोर्खा सैनिक एवं साहित्यकार ७२ वर्षीय अर्का नेपालीको पनि मृत्यु भएको छ । उनको स्थायी घर भैरहवा भएको बताइएको छ ।खबरहब बाट साभार