आज पनि हुरीबतास सहित वर्षा हुने

१३ बैशाख २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं / जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका विभिन्न स्थानमा हुरीबताससहित वर्षा हुने पूर्वानुमान गरेको छ ।देशभर स्थानीय वायु र पश्चिमी वायुको प्रभावसँगै बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल आइरहेकाले मुलुकका विभिन्न स्थानमा मेघगर्जनसहित हुरीवतास र वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

उक्त वायुकै प्रभावले अहिले मध्य र पूर्वका केही ठाउँमा पानी परिरहेको र पहाडी क्षेत्रको मौसम बदली भई अरु ठाउँको मौसम खुल्दै बादल लागिरहेको छ ।पश्चिमी वायुको प्रभावले केही दिनयता दिनैपिच्छे फाट्टफुट्ट भइरहेको वर्षाको यो क्रम आउँदो सोमबारसम्म जारी रहने महाशाखाको पूर्वानुमान छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया