सासंद अपहरण गर्नेलाई कार्वाही गर्न ६ विद्यार्थी संगठनको माग

१३ बैशाख २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं । केही दिन अघि भएको घटनाको विषयलै यती वेला चर्चा पाएको छ । कोरोना भाईरसका कारण विश्व प्रभावित परेको समयमा राजनितिक दल विभाजन गराउँने योजना बनाई सासंद अपहरण गरेकोमा ६ विद्यार्थी संगठनले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै घोर भत्र्सना गरेका छन । नेविसंघका अध्यक्ष राजिव ढुंगाना, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, राष्ट्रिय विद्यार्थी संघका अध्यक्ष मनिष मिश्र, अखिल क्रान्तिकारीका अध्यक्ष चिरन्जीवि ढकाल, राप्रविसंका अध्यक्ष धनसुर शाही, अखिल क्रान्तिकारीका अध्यक्ष आलोक रायमाझीले संयुक्त रुपमा जारी गरेको विज्ञप्तीमा भनिएको छ

राजनितिक दलहरु कोरोनाविरुद्ध एकवद्ध भएर लडनुपर्नेमा नेपाली राजनितिलाई बदनाम गराएको आरोप लगाएका छन ।उनीहरुले सासंदलाई जबरजस्ती मानसिक दबाबदिने अपराधिक कार्यमा संलग्न सबैलाई कानुनी कारबाहीको दायरामा ल्याई कार्वाही गर्न माग गरेको नेविसंघ महामन्त्री दिपक भट्राईले जानकारी दीनु भएको छ । नेविसंघ महामन्त्री दिपक भट्टराईले सरकार कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणमा गम्भीर नदेखिएको बताए। ‘जनतालाई घरमा थुनेर सरकार भने सडकमा भौतारिएको छ,’ उनले भने, ‘सांसद यादव प्रकरणको सरकारले मसिनो गरी छानविन गर्नुपर्छ। दोषीलाई कारवाही गर्नुपर्छ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया