कोरोना ले देखाएको कृषि संभावना

१३ बैशाख २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


धनीराम भूषाल /चिनको हुबेई प्रान्त को वुहान शहर बाट सुरु भएको कोरोना भाईरस को संक्रमण ले आज विश्व आक्रान्त बनी राखेको छ। र पस्चिमा मुलुक हरुलाई त यसले हलचल नै मच्चाई सकेको अबस्था छ। साथेै हामी पनि यश बाट टाढा रहन कोसिस गर्दा गर्दै पनि असफल भयौं। नेपाली लाई पछ्याउँदै गरेको अवस्था छ। कोरोना अर्थात कोभिड-१९ का कारण हामिले मानसिक पीडा त भोगि राखेका छौं साथै खानपान, लत्ताकपडा, औषधिमुलो को अभाब सृजना हुने क्रममा छ। कुनै पनि जिबित प्राणि भोकभोकै लामो समय जिउन पनि सक्दैन र उसका अनेकन दैनिकीहरु टार्नु पर्ने हुन्छ।

साथसाथै बिश्वभर को आर्थिक प्रणालि पनि एक आपसमा निर्भर रहेको हुदा आर्थिक मन्दिका साथै आर्थिक संकट समेत देखिन सक्ने प्रबल संभावना छ। यस्तो अबस्थामा आर्थिक अबस्थामा सुधार ल्याउन नसके पनि खाद्यान्न को उत्पादनमा सुधार ल्याउन भने अवश्य सकिन्छ। हामिले खाद्य उत्पादनमा गुणात्मक बृध्दि ल्याउन सकेनौं भन हामी माझ झन ठुला बिपत देखा नपर्लान भन्न सकिदैन।

यसको जुक्ति अनि मुक्ति को निमित्त नेपाल सरकार तथा कृषि तथा पशुपंक्षि मन्त्रालय, सहकारि मन्त्रालय अर्थ मन्त्रालय भुमि सुधार मन्त्रालय को आबश्यक समन्वयकारि भुुमिका र कृषि मन्त्रालय को कुशल र ब्यबस्थापकिय नेतृत्व को आवश्यकता पर्दछ।नयाँ संबिधान जारि भए पस्चातको पहिलो सरकार र नया संरचना को आधारमा कार्यपालिका तीन तअगाडि बढिरहेको अबस्थामा सरकारले कृषि मा बजेट छुट्याउने साथै संघ, प्रदेश र स्थानीय सरकार को योजना हरु एकमुष्ट रुपमा आउन सक्यो भने बजेट मिश्रित रुपमा अगाडि बढाउन सकिन्थ्यो। मेैले मेरो दिमागले भ्याए सम्मका केही कुरा हरुलाई तल उल्लेख गरेको छु।

तत्काल गर्न सकिने-बैशाख महिना नगदे बालि र मकै रोप्ने समय भएकोले स्थानीय सरकार मार्फत बीउ बिजन को सहज आपुर्ति हुनु पर्दछ।
बिगतका बर्षहरुमा जस्तो मलखाद मा कालाबजारियाको चलखेल अन्त्य तथा तोकिएको समयमा मलखाद र बिउबिजन उपलब्ध गराउने प्रबन्ध मिलाउनु पर्ने हुन्छ।तराई क्षेत्रका किसान संग नगदको अभाव हुने हुदा संभब भए राहत नभए सहुलियत ऋण को ब्यबस्थापन गर्न सकेमा किसानले मलखाद, बीउ, बिजन, ज्याला तथा खनजोत मा लगानि गर्न सक्ने छन फलतः यसबाट उत्पादन मा बृध्दि आउने छ।दुग्ध किसानहरुले दूध पोखेका समाचार प्रसारण मा रोक लगाउने साथै दुग्ध किसान हरुको पिडालाई सत्य तथ्य पत्ता लगाई जति सक्यो छिटो समाधान तर्फ अगाडि बढ्नु पर्दछ किनकि दुग्ध जन्य पदार्थ भण्डारण गर्न नमिल्ने तर त्यस बाट लामो समय राख्न पनि नसकिने हुदा दुग्ध पदार्थ बाट निर्माण गर्न सकिने अन्य खाद्ध बस्तु जस्तै स्(पनिर, दूध पाउडर, कुराउनी आदि बनाएर राख्न सकिने हुदा त्यस तर्फ बिशेश ध्यान पुर्याउनु पर्ने देखिन्छ।नेपाल एउटै कुरामा आत्मनिर्भर छ त्यो हो कुखुराजन्य मासु, अण्डा त्यसकारण कुखुरा पालक किसानका उत्पादनलाई सहज रुपमा बजार सम्म पुर्‍याउन मद्दत गराईदिने, दानामा सहजता तथा सहुलियत ऋण का साथै यश अबधि को घाटा के कसरी पुर्ति गर्न सकिन्छ त्यसमा सरोकार वाला निकाय संग यथाशीघ्र छलफल गरि ब्यबसायिक कुखुरापालक किसान लाई यश क्षेत्र बाट पलायन हुन बाट रोक लगाउनु पर्छ अन्यथा भोलिका दिन भारतका कुखुरा खानु पर्ने बाध्यता नआउला भन्न सकिदैन।चामल, मैदा, आटा, चाउचाउ, चाउमिन, चिनि, चिया उद्योगहरुलाई सरकारले उचित सुरक्षा प्रदान गरेर भएपनि यथाशीघ्र संचालन मा ल्याउन जरुरि छ, जसमा सरकारले स्वास्थ सुरक्षा ब्यबस्थापन स्वयम् आफै गर्दिनु पर्ने हुन्छ ताकि एउटा श्रमिक ढुक्क संग काममा जाने वातावरण रहोस।
शहरिया बसाइँ केही अल्छी खालको हुने हुदा शहरमा टिभि, सामाजिक संजालकै भरमा दिन कटाउने बर्गलाई लक्षित गरेर नगदे बालि उत्पादनमा टेवा पुर्याउने किसिमको योजनाहरु ल्याउनु पर्ने हुन्छ जस्तै खालि जग्गा टोल बिकास संस्था र वडा कार्यलयले समन्वय गरि सम्बन्धित जग्गा धनी वा सो क्षेत्रका छिमेकिहरुलाई बालि लगाउनको निमित्त मात्र प्रयोजनमा ल्याउने साथै सम्पुर्ण जग्गा धनिको लगत बिवरण वडा कार्यलयले संकलन गरि सुरक्षित तवरले राख्ने।यदि एकान्तबास लाई थप लम्ब्याउनु पर्ने भएको खण्डमा अस्थायी तवरले शहरमा रहेका नागरिक लाई आफ्नो स्थायि घर तर्फ पठाउने र कृषि उत्पादनमा थप टेवा मिल्ने कार्यमा अग्रसर गराउदा राम्रो हुन सक्छ।

कालान्तरमा गर्न सकिने
संभब भए सम्मका क्षेत्रहरुमा कृषि बिज्ञ तथा कृषि प्राबिधिक ९जेटिए० खटाउने साथै कृषि क्याम्पसका बिद्यार्थीहरुलाई पनि प्रयोगात्मक अध्ययनमा लगाउने, कृषिको ठुलो हिस्सा राख्ने क्षेत्रमा अनिवार्य माटो परिक्षण को ब्यबस्था मिलाउने।कृषि क्याम्पस हरु सुर्खेत को बराहक्षेत्र मा रहेको कृषि क्याम्पस जस्त‌ै उत्पादन मुलक बन्न सकुन ताकि अध्ययन सिध्याउने बिद्यार्थीले जागिरको लागि आफ्ना मान्छे गुहार्नु नपरोस।ठुला प्रकृतिका सितभण्डार निर्माणको लागि ०७७र८८ को बजेटमा समाबेश गर्न पहलकदमि लिने, निजि क्षेत्र संग पनि समन्वयकारि भुमिका निर्माण गर्ने।वडा, पालिका, नगर, महानगर हुँदै प्रदेश सम्म मा क्षमतावान एग्रोभेट पसल खोल्न स्थानीय ब्यबसायिलाई प्रेरित गर्ने, साथै यश किसिमका ब्यबसायिलाई राहत कोटाले जसरि संरक्षण गर्ने, अनावश्यक रुपमा दर्ता नदिने र भएका लाई ब्यबसायिक तवरबाट अगाडि बढाउन प्रेरित गर्नेप्रत्येक नगर, महानगर ले गर्ने सल्लाहकार खर्चहरुलाई केहि मात्रामा कटौति गरेर भएपनि कृषि प्राबिधिकहरु अनिवार्य नियुक्ति गर्दा राम्रो हुन्छ।कोरोनाको कारणले अन्तर्राष्ट्रिय नाका अबरुद्ध भएको अबस्थामा पनि हामी नेपालि तरकारी बाट निर्भर रहन सक्ने अबस्था देखिएको हुदा यहि मौका छोपेर भारतबाट तरकारी को आयातमा रोक लगाएर अगाडि बढ्न सक्नु पर्दछ।

कृषिमा आधुनिकिकरण को आवश्यकता टड्कारो रुपमा उठेको हुदा क्षेत्रगत हिसाब बाट कृषिजन्य बस्तु को उत्पादन मा जोड दिनु उत्तम हुन्छ।
एक गाउँ एक उत्पादन को नीति लाई कार्यनयन को बाटोमा लैजानु पर्दछ।बिदेशी बस्तुको आयात गरि व्यापार गर्ने नेपाली ब्यबसायि हरुलाई कृषिमा समेटेर कालान्तरमा नेपाली उत्पादनलाई अन्तर्राष्ट्रियकरण गर्न सकिने छ।दक्षिण कोरिया जस्ता मुलुक बाट फर्किएको दक्ष युवा जनशक्तिको लगत संकलनमा स्थानीय सरकारले तदारुकता देखाउने र कोरियामा सिकेको सिपलाई नेपालमा प्रयोगमा ल्याउन उत्प्रेरित गर्न सके फलदायी हुनेछ।प्राबिधिक बिश्वविद्धालयको निर्माण, कृषि तथा बन बिज्ञान बिश्वबिद्धालय रामपुर को स्तरोन्नति, कक्षा ६ देखि नै कृषि सामाग्रि सहितको पाठ्यक्रम तयार गर्ने,कृषि क्षेत्रका कर्मचारी हरुलाई थप लाभांश को ब्यबस्था गर्नसकेमा कृषिक्षेत्रमा आकर्षण स्वतह बढ्नेछ।पहाडि क्षेत्रलाई फलफुल जन्य उत्पादन, हिमालि क्षेत्रलाई भेडा च्याङ्गरा, चौंरि उत्पादन, उन उत्पादनमा दक्ष बनाउने र तराई क्षेत्रलाई खाद्यान्न तथा तरकारी बालि उत्पादनमा लगाउने प्रबर्द्धन गर्न सक्नु पर्दछ।
यी र यस्तै प्रकृतिका कामहरु गर्न सकियो भने कृषिमा केही छलाङ मार्न सकिने कुरा कसेैले रोकेर पनि रोकिदैन। र अहिले हामीलाई कोरोना ले जति चुनौति दिएको छ त्यतिनै अबसरहरुले पनि पछ्याउँदै गरेको अबस्था छ। हाल मात्रै प्रदेश ५ अन्तर्गत का धुर्कोट गाउपालिका, तिलोत्तमा नगरपालिका, तुल्सिपुर उपमहानगर साथै रैनादेबि छहरा गाउपालिका ले आफ्नो कार्यपालिका बाट निर्णय गराई कार्यनयन को तयारिमा रहेका छन। अर्को आशा लाग्दो कुरो, नेपाली कम्युनिस्ट आन्दोलन र समकालीन पार्टी मा बैचारिक रुपमा खारिएका र दलाल पुंजिबादका खरा प्रतिद्वन्द्वी भनेर परिचित अनुहार माननीय घनश्याम भुसाल ज्यु कृषि मन्त्री भएको अबस्था छ। समग्र राष्ट्र र स्वयं कृषि मन्त्री ज्युको लागि पनि यो क्षण कठिन तर फलदायी हुन सक्नेछ। यदि कृषिमा एक किसिमको बाटो बनाईदिन सक्नु भयो भने समग्र नेपालीले सदा हजुरको तारिफ गरेर थाक्ने छैनन।

फेसबुकबाट तपाईको प्रतिक्रिया