कोरोना भाइरसबाट मुलुकको अवस्था सामान्य भएको तीन सातापछि मात्रै परीक्षाहरु हुने

प्रकाशित मिति:

काठमाडौँ /शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कोरोना भाइरसबाट मुलुकको अवस्था सामान्य भएको तीन सातापछि मात्रै परीक्षाहरु हुने बताएका छन् ।उनले विद्यार्थीहरु विद्यालय र कलेजबाट घर गएका कारण स्थिति सामान्य भएको तीन साताबाट मात्रै परीक्षाहरु गराउँने बताए ।शिक्षा पत्रकार समूहले गरेको भिडियो कन्फरेन्समा मन्त्री पोखरेलले भने ,‘विद्यार्थीहरु विद्यालय र कलेजबाट घर गएका छन् त्यसैले स्थिति सामान्य भएको तेस्रो साताबाट मात्रै परीक्षा गराउछौ ।’

आफू सकेसम्म परीक्षा गराउने पक्षमा रहेको भन्दै उनले कक्षा १० र ११ को परीक्षामा विकल्प आएको बताए ।आइतबारको मन्त्रिपरिषद् बैठकको निर्णयपछि मन्त्रालयले कार्ययोजना बनाउने उनले बताए ।आइबारको मन्त्रिपरिषद्ले लकडाउन बढाउने वा खुकुलो बनाउने निर्णय गर्ने छ । आज बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति र कार्यदलले तत्काल लकडाउन खोल्न नहुने राय दिएका छन् । कार्यदलले एक साता लकडाउन लम्ब्याउन सिफारिस गरेको छ ।लकडाउनका कारण एसईई र अन्य परीक्षाहरु प्रभावित बनेका छन् ।खबरहब बाट साभार