कोरोनालाई जितेकी किशोरीको अनुभव : उपचारसँगै धैर्य र आत्मबलले कोरोना जितिन्छ ।

१३ बैशाख २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


बागलुङ, वैशाख १३  कोरोना भाइरसलाई पराजित गरेर २८ दिनपछि अस्पतालबाट घर फर्केकी बागलुङकी १९ वर्षीया किशोरीले कोरोनालाई पराजित गर्न उपचारसँगै धैर्य र आत्मबल पनि उच्च राख्नुपर्ने बताएकी छन्। पाँचौँ र छैटौँ स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएकापछि धवलागिरी अञ्चल अस्पतालले शुक्रबार डिस्चार्ज गरेको हो। बागलुङ नगरपालिका–४ कुँडुलेकी १९ वर्षीया अंशु सापकोटाको पाँचौ रिपोर्ट नेगेटिभ आएको थियो। त्यसपछि पुनः स्वाब परीक्षणका लागि शुक्रबार पोखरा पठाइएको र छैटौं स्वाबको नमूना पनि नेगेटिभ आएपछि शुक्रबार राति डिस्चार्ज गरेको धवलागिरि अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र बी पोखरेलले जानकारी दिए। २८ दिनको अस्पताल बसाइपछि घर फर्कने क्रममा अंशुले आफूले कोरोनालाई जितेर घर हिँड्दा खुशीको सीमा नरहेको बताइन्। उनले आत्मबल नै सबैभन्दा ठूलो भएको भन्दै धैर्यता गर्न सबैलाई आग्रह गरिन्। “सबैभन्दा ठूलो कुरा आत्मबल र धैर्यता रहेछ,” उनले भनिन्, “कोरोनालाई जित्न रोग प्रतिरोधी क्षमता बढाउँदै आत्मबल दह्रो बनाउँदै लगे।

उनले औषधि नै पत्ता नलागेको रोगलाई जित्ने उपाय धैर्य गर्नु र आत्मबल बढाउँदै लैजानुभएको बताउँदै उपचारमा संलग्न चिकित्सकलगायत स्वास्थ्यकर्मीहरुलाई धन्यवाद दिइन्।चिकित्सकहरुको परामर्श र अभिभावकको सान्त्वनाका कारण अस्पतालमा बिताएका २८ दिन लामो लागेन,” उनले भनिन्, “२८ दिनको अवधिमा एक दिन पनि आफूलाई कमजोर बनाइन, आत्मबल झनै दह्रो बनाएर बसेँ।अन्य कोरोना सङ्क्रमितले पनि स्वास्थ्यको ख्याल गर्दै मनोबल बढाउँदै लैजान उनको सुझाव छ। आफूले आफैँलाई कमजोर ठाने रोगले गलाउँदै लाने भन्दै उनले सबैलाई रोगप्रति सचेत रहन आग्रह गरिन्।छोरीलाई कोरोना सङ्क्रमित हुँदा जीवनमा सबैभन्दा बढी पीडावोध भएपनि २८ दिनमा घर फर्काउन पाउँदा ज्यादै खुशी भएको अंशुका बुबा ऋषिरामले बताए। उनले छोरीलाई २८ दिनसम्म एक्लै अस्पतालमा राख्दा धेरै पीडा भए पनि सकुसल घर फर्काउँदा पीडा खुशीमा बद्लिएको बताए।

२८ दिनको अस्पताल बसाइमा कुनै समस्या नभएको भन्दै अंशुले उपचारमा खट्ने तथा सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिए। अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीले गरेको हेरचाहप्रति आफू आभारी भएको अंशुको भनाइ छ।अस्पताल बसाइमा अंशुले आफूलाई कहिल्यै कमजोर नठानेको उपचारमा संलग्न डा।पोखरेलले बताए। अंशुलाई नेपाल रेडक्रस सोसाइटीकोे एम्बुलेन्समा राखेर जिल्ला प्रहरी कार्यालयले घर पुर्‍याएको थियो। उनी गत चैत ४ गते बेल्जियमबाट कतार एयरवेजको विमान हुँदै स्वदेश फर्किएकी थिइन्। उनको चैत १५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो। रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • मनकामना बहुउद्देश्यीय युवा क्लबको छैटौं बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन…
  • बुटवलको राजमाग चौराहादेखि चिडियाखोलासम्म सडक किनारका घर टहरा भत्काउन सुरु
  • नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्षमा कृष्णप्रसाद शर्मा विजयी
  • विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड बढी पुग्यो
  • सभापति देउवाले भने : अदालतको निर्णय सबैले मान्नुपर्छ
  • कुंवरवर्तीमा नगरस्तरीय अन्तर मावि भलिबल शुरु
  • संविधान को रक्षाको लागी काङ्ग्रेस सडकमा आउनु परेको छ –…
  • रुपन्देहीका सबै प्रदेश सभा निर्वाचन क्षेत्रमा बिरोध सभा सम्पन्न ,…
  • गुरुङ सहित खेल क्षेत्रमा योगदान पु¥याएकाहरु सम्मानित
  • हथौसामा माघ २, ३ र ४ गते  बाणगंगा नगर स्तरिय…