१ सय २८ सलाईसको आधुनिक सिटीस्क्यान मेशिनवाट सेवा सुरु

१० कार्तिक २०७५, शनिबार ०   बिचार / प्रतिक्रिया
10 Shares


बुटबलमा रहेको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले काठमाण्डौं बाहिर सबैभन्दा बढि क्षमताको १ सय २८ सलाईसको आधुनिक सिटीस्क्यान मेशिनवाट सेवा सुरु गरेको छ । सिटीस्क्यान मेशिन प्रदेश ५ का प्रदेश प्रमुख उमाकान्त झाले उदघाटन गरे । सातकरोड रुपैयाको लगानीमा संचालन भएको सिटीस्क्यान सेवामा रोटरी क्लब अफ सेन्ट्रल बुटवल र रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीको सहकार्य रहेको अध्यक्ष एजाज आलमले बताए   प्रमुख झा ले गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले काठमाण्डौं बाहिर सबैभन्दा बढि क्षमताको १ सय २८ सलाईसको आधुनिक सिटीस्क्यान मेशिन भित्राएर यसक्षेत्रको स्वास्थ्य क्षेत्रमा नयां आयाम थपेको वताए । यसक्षेत्रका बिरामीलाई यस्ले राह दिएको झाले बताए । उनले सरकारको एकल प्रयासले मात्र सबै क्षेत्रका कामहरु गर्न सम्भव नभएको भन्दै सामुदायिक क्षेत्रबाट अस्पतालमा गरेको सहयोग र लगानी प्रति प्रशंसा व्यक्त गरे

कार्यक्रममा रोटरी ईन्टरनेशनल डाईरेक्टर डा. भरत पाण्ड्याले गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले हरेक वर्ष विभिन्न उपकरण तथा सेवाहरु थप गर्दै लगेको उल्लेख गर्दै सिटीस्क्यान पछि एमआरआई सेवामा पनि सहयोग जुट्नेमा विश्वास व्यक्त गरे ।अस्पतालका अध्यक्ष एजाज आलमले जग्गाको अभावमा चारवटा घर भाडामा लिएर सेवा संचालन गर्नुपर्ने बाध्यता रहेकोले अस्पतालले प्रस्ताव गरेको जग्गाप्राप्ति हुन सके एकवर्ष भित्रै आफ्नै भवन निर्माण गर्ने योजना रहेको बताए । अस्पतालले सरकारसंग बुटवल १० रामनगरमा रहेको सामुदायिक वनको जग्गा प्रस्ताव गरेको छ । अस्पतालका निर्देशक डा. समिर गौतमले अस्पताल स्थापनाको पांचवर्षको अवधीमा अस्पतालले काठमाण्डौ बाहिर पांचवटा किर्तिमान कायम गर्न सफल भएको बताए । काठमाण्डौं भन्दा बाहिर सबैभन्दा ठूलो डायलाईसिस युनिट, नन ईन्भेन्सिभ भेन्टिलेटर, क्याथल्याब, भिभिडी ९५ ईको मेशिन र १ सय २८ सलाईसको सिटीस्क्यान सेवा संचालन हुने मुटु अस्पताल काठमाण्डौ बाहिरको पहिलो अस्पताल भएको वताए । झण्डै सातकरोड रुपैयाको लगानीमा संचालन भएको सिटीस्क्यान सेवामा रोटरी क्लब अफ सेन्ट्रल बुटवल र रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीको सहकार्य रहेको अध्यक्ष एजाज आलमले बताए ।अस्पतालमा संचालनमा आएको सिटी स्क्यान मेशिनले सिटिए कोरोनरी स्पष्ट रुपमा देखाउने र मुटुमा जाने नसामा देखिने समस्या पत्ता लगाउन सहज हुने अस्पतालका रेडियोलोजिस्ट डा. अजिज उल्लाहले वताए ।२०७० सालदेखि अस्पताल सुरु भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया