कोरोनाको उत्पत्तिबारे अन्तराष्ट्रिय छानबिन हुनुपर्ने भनेर गरीएको माग चीनद्वारा अस्वीकार

प्रकाशित मिति:

कोरोना भाइरसको उत्पत्तिबारे स्वतन्त्र रूपमा एउटा अन्तराष्ट्रिय छानबिन हुनुपर्ने मागलाई चीनले अस्वीकार गरेको छ। बेलायतमा रहेकी चीनकी एक शीर्ष कूटनीतिज्ञ चेन वेनले यो माग राजनीतिक दृष्टिकोणले प्रेरित भएको र यसले महामारीसँग लडिरहेको चीनको ध्यान मोड्ने बताएकी छन्। स्वतन्त्र अनुसन्धान राजनीतिक रूपले प्रेरित छ,ु चेनले बिबिसीसँग भनिन्, ुहामी अहिले भाइरससँग संघर्ष गर्दैछौं। हामीले हाम्रो सारा प्रयासहरूलाई भाइरस विरूद्ध लड्न लगाइरहेका छौं। यसको अनुसन्धानका बारेमा किन कुरा गर्नुपर्‍योरु यसले हाम्रो मात्र ध्यान मात्र होइन स्रोतहरूलाई समेत मोड्छ। उनले भनेकी छिन्, यो राजनीतिक रूपले प्रेरित गरिएको पहल हो।

मलाई लाग्छ कसैले पनि यसमा सहमत हुन सक्दैन। यसले कसैलाई पनि राम्रो गर्दैन। यस कारण चीनले कुनै पनि अन्तर्राष्ट्रिय अनुसन्धानमा सहमति जनाउन नसकेको उनको भनाइ छ।२०१९ को डिसेम्बरमा यो भाइरस वुहान शहरको वन्यजन्तु बजारमा देखा परेको मानिएको छ।यसैबीच यूरोपियन यूनियनको रिपोर्टमा भने चीनले महामारीबारे गलत जानकारी फैलाएको आरोप लगाइएको छ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रकोपलाई नियन्त्रण नहुनुमा चीनको लापरवाही कारक रहेको आरोप लगाउँदै आएका छन्। मिसौरी राज्यले त चिनियाँ सरकारलाई यस विषयमा मुद्दा नै हालेको छ। उसले मुद्धामा भएका क्षतिको चीनले क्षतिपूर्ति दिनुपर्ने माग गरेको छ। भाइरसको उत्पत्तिको बारेमा धेरै अफवाहहरू छन् तर ती गलत जानकारी खतरनाक छ। यो एक राजनीतिक भाइरस जत्तिकै खतरनाक छु, चेनले भनिन्।सेतोपाटी वाट