५० लाख नेपालीको अभिभावकत्व प्रदान गर्न सरकारलाई कांग्रेसको आग्रह

१४ बैशाख २०७७, आईतवार ०   बिचार / प्रतिक्रिया


काठमाडौ । नेपाली कांग्रेसले विदेशमा रहेका ५० लाख नेपालीको अभिभावकत्व प्रदान गर्न सरकारलाई आग्रह गरेको छ । कोरोना भाइरसको महामारीबाट विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई राहत, उपचार र उद्धारमा तदारुकता देखाउन आवश्यक रहेको नेपाली कंग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको वक्तब्यमा उल्लेख छ ।

विदेशमा रहेका ५० जना नेपालीको कोरोना भाइरसका कारण मृत्यु भएको छ । १ हजार २ सय जना संक्रमित छन् । भाइरसका कारण रोजगारी गुमाएका तथा रोजगारी जोखिममा परेका नेपाली श्रमिक प्रति अभिभावकत्व लिन कंग्रेसले सरकारको ध्यानाकर्षण गराएको हो । भारततर्फ सिमामा रोकिएका नेपालीलाई ब्यवस्थित रुपमा मुलुक प्रवेश गराउन समेत कंग्रेसले आग्रह गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया