चिनियाँ टोली किमको उपचारमा उत्तर कोरिया पुगेको आशंका

प्रकाशित मिति:

एजेन्सी /अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली शासक किम जोङ उन गम्भीर बिरामी भएको खबरमा सत्यता नरहेको बताइरहँदा किमको उपचारमा चिनियाँ चिकित्सकको टोली उत्तर कोरिया गएको आशंका गरिएको छ ।उनको स्वास्थ्य परामर्शका लागि चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ सदस्यको नेतृत्वमा चिकित्सकहरुको टोली बिहीबार त्यसतर्फ गएको रोयटर्सले दावी गर्दै सामाचार प्रकाशित गरेको छ ।

यद्यपि यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन। उक्त समाचारमा यसबारे चिनियाँ विदेशमन्त्रीले बोल्न इन्कार गरेका छन्। पछिल्लो समय नेता किमको स्वास्थ्य स्थिति गम्भीर भएको समाचार आइरहेका छन् ।एक उत्तर कोरियाली अनलाईनकाअनुसार उनी बिस्तारै निको हुन थालेका छन् । तर कतिपय अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले भने उनको अवस्था चिन्ताजनक रहेको समाचार सार्वजनिक गरिरहेका छन्।किम विरामी परेकै कारण यही अप्रिल १५ मा आफ्ना हजुरबुवाको जन्मोत्सव कार्यक्रममा समेत सह्रिक नभएको बताइँदै आएको छ ।खबरहब