गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले सहयोग गर्यो नेपालीहरुलाई

१४ बैशाख २०७७, आईतवार ०   बिचार / प्रतिक्रिया


गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले समाज प्रति केही गर्न सकिन्छ कि भन्ने हेतुले यस कोभिड-१९ को महामारीको चपेटामा पर्नु भएका न्यु-यार्कका नेपालीहरु लाई यस फाउण्डेशनले आफ्नो तर्फवाट सक्दो सहयोग सहयोग गरेको छ । सेवा नै धर्म हो भन्ने मुल नाराका साथ फाउण्डेशन अघि बढी रहेको छ। न्यु-यार्क राज्यका सिनेटर जोन सि. ल्यु को पहलमा Buddhist Tzu Chi Charity Foundation, Flushing, New York ले २ हजार थान सरजिकल मास्क र न्वाला व’दोहरथी- समाजसेवी एवम् ज्याक्सन हाईट्स व्युटिफीकेसन ग्रुप, नन प्रफिट सस्थांकी अध्यक्षले चामल, वेवी वाईप्स, ब्लिच, ग्लोभ्स, वेवि मिल्क र वेवि डाईपर हरु गीरीजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका लाई सहयोग गर्दै दान गर्नु भयो।सहयोग सामग्री हरुको हस्तान्तरण कार्यक्रममा केन्द्रीय सदस्य एवम् समुदाय सम्बन्ध निर्देशक छिरिङ्ग राप्के लामा को उपस्थितिमा भएको थियो।

यसै क्रममा छिरीङ्ग राप्के लामा ले १ हजार थान सरजिकल मास्क नेपाल आदिवासी जनजाति महासघं अमेरिकाका अध्यक्ष लोक चेम्जोङ्ग लाई आजै हस्तान्तरण गर्नु भयो। सेवाकै क्रममा राप्के लामाले ५०० मास्क घ्याल्सुम्दाे सेवा संस्था अमेरिकाकी अध्यक्ष निमा ल्हमाे, घ्याल्सुम्दाे समाजकै ६ परिवार लाई वेवि वाईप्स, वेवि मिल्कस हरु र भोइस फर युथ, न्युयार्कका नेपाली विद्यार्थी लाई २० पाउण्ड को चार ब्याग जम्मा ८० पाउण्ड चामल हस्तान्तरण गर्नु भयो। गीरीजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका न्यु-यार्क राज्यका सेनेटर जोन सि. ल्यु र न्वाला व’दोहरथी लाई ह्रदय देखि धन्यवाद एवम् आभार प्रकट गर्दछ। केही रहेका सामग्रीहरु छिरीङ्ग राष्के लामा ले नेपाली समुदाय मा वितरण गर्नु हुने छ र कृपया वहाँ सगं (347) 652-3683 मा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौं।

फेसबुकबाट तपाईको प्रतिक्रिया