बेलायतमा ३३ नेपालीको मृत्यु

१४ बैशाख २०७७, आईतवार ०   बिचार / प्रतिक्रिया


कोरोना भाइरसको संक्रमणबाट बेलायतमा हालसम्म ३३ नेपालीको मृत्यु भएको छ । सञ्चारमाध्यमकाअनुसार, गोरखा वेलफेयर ट्रष्ट र भूपू गोरखा सैनिकको विवरण सँगै हालसम्म कम्तीमा ३३ नेपालीको मृत्यु भएको देखिन्छ । यसमा तीन महिला र बाँकी पुरुष छन् ।बेलायतस्थित नेपाली दूतावासमा भने हालसम्म ३१ नेपालीको मुत्यु भएको विवरण प्राप्त भएको छ । दूतावासका प्रवक्ता शरदराज आरणले दूतावासबाहेक वेलफयरले पनि छुट्टै विवरण राखेको र शनिबारमात्र सो आँकडा प्राप्त भएको जानकारी दिए।

गोरखा वेलफेयर ट्रष्टमा अधिकृत तहमा कार्यरत ग्यारी घलेले ट्रष्ट भूपू गोरखाहरूका लागि काम गर्ने संस्था भएकाले बेलायतमा कोरोनाबाट निधन भएका केवल भूपू गोरखाको मात्र तथ्याङ्क राख्ने गरेको बताएका छन् ।दूतावासले भने सबै नेपालीको तथ्यांक राख्ने हुँदा मृत्यु हुनेको संख्यामा फरक फरक पाइएको हुन सक्ने बताए । मृत्यु हुनेको संख्या अझ बढी हुनसक्ने आशंका गरिएको छ । मृत्यु हुनेका सबै परिवारले सञ्चारमाध्यमलाई घटनाबारे जानकारी नदिन पनि सक्छन् । परिवारको इच्छाविना अस्पतालले यस्ता घटना सार्वजनिक गर्दैन ।रासस/अन्नपुर्ण पोस्ट 

फेसबुकबाट तपाईको प्रतिक्रिया