कुवेतमा थप ६ नेपाली कामदारलाई कोरोना संक्रमण

प्रकाशित मिति:

काठमाडौं, वैशाख १४ कुवेतमा शनिबार थप ६ नेपाली कामदारलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । यो सँगै कुवेतमा संक्रमित नेपालीको संख्या ४१ पुगेको छ। कुवेतको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टाको नतिजा सार्वजनिक गरेको हो ।

पछिल्लो एक साता हरेक दिन नेपाली कामदारमा संक्रमण देखिँदै आएको छ। शनिबारमात्रै ६ नेपालीसहित २७८ जनामा संक्रमण देखिएको हो। हालसम्म संक्रमितको संख्या २ हजार ८९२ जना पुगेको छ।