उद्योग वाणिज्य महासंघका प्रदेश अध्यक्ष तिवारीद्धारा पत्रकारलाई प्रेस ज्याकेट र स्वास्थ्य सामाग्री प्रदान

प्रकाशित मिति:

परासी, १४ बैशाख :  पश्चिम नवलपरासीमा कार्यरत पत्रकारहरुका लागि प्रेस ज्याकेट र स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ५ का अध्यक्ष गुणनिधि तिवारीले नेपाल पत्रकार महासंघ जिल्ला शाखा मार्फत आइतबार पत्रकारहरुलाई ७५ थान प्रेस ज्याकेट प्रदान गरेका हुन् । प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल, जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर रायलगायतको उपस्थितिमा तिवारीले ज्याकेटसहित १ हजार थान मास्क र १ सय पिस ग्लब्स पत्रकारहरुलाई उपलब्ध गराएका हुन् । कोरोना संक्रमणका विरुद्ध पत्रकारहरु जोखिम मोलेर फिल्डमा खटिएको र उनीहरुको परिचय झल्काउनका लागि ज्याकेट प्रदान गरिएको तिवारीले बताए ।

महासंघका प्राप्त भएको ज्याकेट शाखामा आवद्ध सम्पूर्ण सदस्यहरुलाई वितरण गरिने पत्रकार महासंघका शाखा अध्यक्ष हरि शर्माले बताए । त्यसैगरी तिवारीले जिल्लास्थित सुरक्षाकर्मी, विपद् व्यवस्थापन समिति र एम्बुलेन्स चालकलाई पनि मास्क, ग्लब्स र सेनिटाईजर उपलब्ध गराएका छन् । उपलब्ध गराएका स्वास्थ्य सामाग्रीमा नेपाल प्रहरीलाई २ हजार पिस मास्क, २ सय पीस ग्लब्स र २० लिटर स्यानिटाइजर छ । त्यसैगरी शसस्त्र प्रहरीलाई ३ हजार पिस मास्क, ३ सय पिस ग्लब्स र २० लिटर सेनिटाइजर छ । नेपाली सेनालाई २ हजार पिस मास्क र २ सय पिस ग्लब्स, राष्ट्रिय अनुसन्धानलाई १ सय पिस मास्क छ । जिल्ला विपद् व्यवस्थापन समितिलाई १ हजार पिस मास्क र एम्बुलेस चालकलाई ३ सय पिस मास्क र ५० पिस ग्लब्स रहेको छ । उक्त सामाग्रीहरु प्रमुख जिल्ला अधिकारी दाहाल मार्फत हस्तान्तरण गरिएको हो ।