वीरगञ्जमा थप दुई जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५१ पुग्यो

१४ बैशाख २०७७, आईतवार ०   बिचार / प्रतिक्रिया


वीरगञ्ज /वीरगञ्जमा थप दुई जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण भएको पाइएको छ ।वीरगञ्ज महानगरपालिका ३ र १६ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या ५१ पुगेको छ ।

कोरोना संक्रमित भारतीय जमातीहरुको सम्पर्कमा रहेकाहरुको परीक्षणका क्रममा छपकैयाका महानगरको सरसफाइ शाखामा कार्यरत कर्मचारीमा संक्रमित पाइएको हो ।अर्को संक्रमित सिद्धार्थ माविको क्वारेन्टाइनमा राखिएका पुरुष हुन् । उनलाई सम्भावित संक्रमितका रुपमा क्वारेन्टाइनमा राखिएको थियो ।संक्रमणको पुष्टि भएपछि दुबैलाई नारायणी अस्पताल भर्ना गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया