नायिका उर्वशी रौटेलाको फेसबुक ह्याक गरेर पैसाको डिमाण्ड

१४ बैशाख २०७७, आईतवार ०   बिचार / प्रतिक्रिया


नायिका उर्वशी रौटेलाको फेसबुक पेज ह्याक भएको छ । उनले सामाजिक संजाल ट्विटरको माध्यमबाट यो कुराको जानकारी दिएकी छिन् ।उर्वशीको फेसबुक फेज ह्याक गरेर ह्याकरले अश्लिल तस्वीर र भिडियो पनि पोष्ट गरिरहेका छन् ।उर्वशीले मुम्बई प्रहरीमा पनि यो कुराको जानकारी गराएकी थिइन् ।

मुम्बई प्रहरीले यो कुरालाई गम्भिर रुपमा लिदैँ यसको जिम्मा साइबर सेललाई दिएको छ ।मुम्बई प्रहरीले यो केसलाई गम्भिर रुपमा लिएको छ । उर्वशीका अनुसार, ह्याकरले अहिले उनीसँग पैसाको समेत माग गर्न थालेका छन् ।यसैले पनि उर्वशीले फेसबुक पेजबाट पोष्ट भएका कुनै पनि सामाग्री आफूले पोष्ट नगरेको र यसमा विश्वास नगर्न शुभचिन्तकहरुलाई अपिल गरेकी छिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया