शान्ति सुरक्षा कायम गर्न प्रहरी र नगरपालिकको सहकार्य

प्रकाशित मिति:

रामेछाप कात्तिक १०– रामेछापको मन्थली नगरपालिका र जिल्ला प्रहरी कार्यालयबीच समुदाय–प्रहरी साझेदारी कार्यक्रमका लागि सम्झौता गरिएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापमा मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेत र रामेछापका प्रहरी प्रमुख ९डिएसपी० अमरेन्द्र बहादुर सिंहले साझेदारी पत्र (एमओयु) मा हस्ताक्षर गरेका छन् ।

समुदाय र प्रहरीबीच आपशी सम्बन्ध बलियो बनाएर शान्ति सुरक्षा सुदृढ गर्ने लक्ष्यका साथ गृहमन्त्रालयले देशभर समुदाय प्रहरी साझेदारी कार्यक्रम शुरु गरेको हो । रामेछापमा कार्यक्रम सञ्चालनपुर्व मन्थली नगरपालिकासंग साझेदारी पत्र हस्ताक्षर सहित आदान–प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

साझेदारी पत्रमा हस्ताक्षर गर्दै मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले स्थानीय तह र प्रहरीबीच साझेदारीले शान्ति सुरक्षाको अवस्था सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा व्यक्त गरे । आइतबार औपचारिक रुपमा समुदाय–प्रहरी साझेदारीे कार्यक्रम सञ्चालन गर्ने जिल्ला प्रहरी कार्यालय रामेछापको तयारीे छ ।