जनताको सुख दुखमा सांसद मल्ल

प्रकाशित मिति:

सबीन डोटेल चापाकोट । गण्डकी प्रदेश स्याङ्जा क्षेत्र न २ ख का सदस्य माननीय भागवत प्रकाश मल्लले गल्याङ्ग नगरपालिका,कालीगण्डकी गाउपालिका हुँदै आज चापाकोट नगरपालिकामा पनि खाध्यान्न राहत सामाग्री हस्तान्तरण गर्नु भएको छ । सरकारले जारी गरेको लकडाउन अबधिमा प्रत्यक्ष मारमा परेका अतिबिपन्न,मजदुर,असाहाय र बिद्यार्थी बर्गमा खध्यान्नको चरम अभाव खड्किन नदिन साम्सद मल्लले आफ्नो निर्वाचन क्षेत्रमा ठुलो राहत प्याकेज ल्याउनु भएको हो।

आज चापाकोट नगरपालिका पनि ठुलो परिमाणमा खाध्यान्न समाग्री हस्तान्तरण भएको छ। नेपाल तरुण दल स्याङ्जाका अध्यक्ष र नेपाली काङ्ग्रेसका युवा नेता रहनुभयका माननीय साम्सद मल्लले उपलब्ध गराउनुभयको राहत सामाग्री चामल,दाल,खानेतेल र नुन, नेपाली काङ्ग्रेस चापाकोट नगर सभापति रामचन्द्र पंगेनीले आज चापाकोट नगरपालिकालाई हस्तान्तरण गर्नु भएको हो।