पूर्वसचिव विरुद्ध साइबर क्राइमको मद्दा दायर

प्रकाशित मिति:

काठमाडौं, वैशाख १४ । सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने गरी गैरकानूनी विषय लेखेको आरोपमा पक्राउ परेका पूर्वसचिव भीमप्रसाद उपाध्यायविरुद्ध साइबर अपराधको मुद्दा दायर भएको छ।सरकारी वकिलको कार्यालयले पूर्वसचिव उपाध्यायविरुद्ध आइतबार साइबर अपराधको मुद्दा दर्ता गरेको हो।

प्रहरी सरकारी वकिलको कार्यालयमार्फत प्रहरीले जिल्ला अदालत, काठमाडौंमा विद्युतीय कारोबार ऐन २०६३ अनुसार उपाध्यायविरुद्ध मुद्दा दायर गरेको अदालतका श्रेश्तेदार आनन्द श्रेष्ठले जानकारी दिए।सरकारी वकिलको कार्यालयले पूर्वसचिव उपाध्यायलाई पाँच वर्षसम्म कैद सजायको माग गरेको छ। सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने गरी गैरकानूनी विषय लेखेको आरोपमा पूर्वसचिव उपाध्यायलाई गत बुधबार राति प्रहरीले ललितपुरस्थित निवासबाट पक्राउ गरेको थियो।