मुक्तिनाथ बिकास बैंक द्धारा स्याङ्जाको चापाकोट नगरपालिकामा सहयोग

१४ बैशाख २०७७, आईतवार ०   बिचार / प्रतिक्रिया


सबिन डोटेल , चापाकोट। मुक्तिनाथ बिकास बैंक लिमिटेडले स्याङ्जाको चापाकोट नगरपालिकामा पचास हजार बराबरको खाध्य राहत बितरण गरेको छ। देशमा कोरोना भाइरसले गर्दा गरिएको लकडाउनका कारण दिनहु काम गरि खाने अर्थात श्रमिक,बिपन्न,असाहाय र गरिब बर्गहरु बिहान के खाउ बेलुका के खाउ भन्ने स्थिति परिरहेको अवस्थामा चापाकोट नगरपालिकामा मुक्तिनाथ बिकास बैंक लिमिटेडले दुखिको घाउमा मलम लागाउने काम गरेको छ।

मुक्तिनाथ बिकास बैंक लिमिटेड पुतलीबजार स्याङ्जाका प्रबन्धक नवीन काफ्लेले के गाउ के शहर मुक्तिनाथ बैंक सदैब गरिब निमुखा जनताको दुख सुखको साथी भयको जिकिर गर्दै करिब पचास हजार बराबरको खाद्यान्न सामाग्री चापाकोट नगरपालिकाका नगरप्रमुख शिव कुमार गिरि लाई हस्तान्तरण गर्नु भयको छ। प्रबन्धक काफ्लेले खाध्य सामाग्री हस्तान्तरण गरे सङ्गै,नगर प्रमुख गिरिले मुक्तिनाथ बिकास बैंकलाई धन्यवाद दिनुभयो।

फेसबुकबाट तपाईको प्रतिक्रिया