चर्चाको शिखरमा नगरप्रमुख भुसाल !!

१४ बैशाख २०७७, आईतवार ०   बिचार / प्रतिक्रिया


पूर्ण बिश्वकर्मा / गुल्मी  – गुल्मी जिल्लाकै पहिलो रेसुङ्गा नगरपालिकाका नगरप्रमुख यतिबेला चर्चाको शिखरमा छन ! नगरप्रमुख भएयता आफ्नो जिम्मीवारीबाट विच्छिप्त नभइ निरन्तर नगरबासीको सेवामा खट्ने ब्यक्ति हुन डिल्लीराज भुसाल ! ” दीन दु:खी र अप्ठ्यारोमा परेकालाइ सहयोग गर्न पाउँद आफुलाइ आनन्द मिल्छ ” उहाँ भन्नुहुन्छ!कोरोना भाइरस(covid-19) ले विश्वभरी महामारीको रुप लिदै गएपछि नगरप्रमुखको सक्रियतामा थुप्रै उल्लेखनीय कार्यहरु भएका छन !!* स्वास्थ्यतर्फ : रेसुङ्गा नगरपालिकाले सुरुवातमा तीन स्थानमा हेल्थ डेस्क सन्चालन गरि आफ्नो कार्य प्रारम्भ गरेको हो ! त्यस्तै रे.न.पा.९ मा २० शैयाको आइसोलेसन वार्डको स्थापना गरि हालसम्म पनि निरन्तर स्वास्थ्यकर्मी परिचालन गरिएको छ ! रेसुङ्गा नगरपालिकाका १४ वटै वडामा गरि १५६ वटा क्वारेन्टाइन वार्डको स्थापना गरिएको छ जसमा हालसम्म ७० देखि ८० जनालाइ राखी आ-आफ्नो स्थानीयतह तथा आ-आफ्नो जिल्लामा पठाइसकिएको छ ! यसै गरि स्वास्थ्यकर्मीलाइ आवस्यक पर्ने सुरक्षाकवज(PPE),मास्क,

सेनिटाइजर लगायतका सामग्रीको उचित ब्यबस्था मिलाइएको छ !!दैनिकरुपमा स्वास्थ्य जाँच गरि रिपोर्ट समेत प्रस्तुत गरिने गरिएको छ ! त्यस्तै नगरपालिकाले सुरुवात देखी नै जनचेतनामुलक प्रचारप्रसार गरिरहेको छ !* राहततर्फ : नगरपालिकाले लकडाउन भएपछी नगरभित्र ज्यालामजदुरी गरि जीवन निर्बाह गर्ने परिवारलाइ पहिलो चरणको राहत बितरण गरिसकेको छ , रेसुङ्गा नगरपालिका भित्रका १४ वडामा गरि कुल १४९१ घरधुरीलाइ राहत बाडिएको हो ! दाल,चामल, तेल, नुन लगायतका सामग्री राहतको रुपमा बितरण गरिएको हो ! राहत पाउदा बिपन्न परिवार हर्षित भएका थिए ! त्यसै गरि दोश्रो चरणको राहत पनि निकट भविष्यमा नै बितरण हुने भएको छ !* विपद- ब्यबस्थापन कोषको स्थापना : कोरोना भाइरसको महामारीबाट भविष्यमा पर्न सक्ने सम्भाबित जोखिमलाइ न्युनिकरण गर्न विपद-ब्यबस्थापन कोषको स्थापना भएको छ !६५ लाखको लक्ष्य लिएर स्थापना गरिएको कोषमा हाल सम्म ५० लाख भन्दा बढी संकलन भैसकेको छ ! कोषमा उद्योगी, व्यापारी,संघ संगठन,

नागरिक समाजले सक्दो रकम हस्तान्तरण गरेका छ्न !* अलपत्रको उद्दार : रेसुङ्गा नगरपालिकाले अलपत्र परेका यात्रुको उद्दारमा भगवान भएर कार्य गर्दै आएको छ , सुरुमा बाग्लुङदेखी बाके र बर्दियाका लागि हिड्दै आएका २४ जना यात्रुलाइ प्युठानको सिमा सम्म पुर्याएको थियो त्यस्तै नगरप्रमुखको सक्रियतामा नेपाल भारत नाकामा अलपत्र परेकी गुल्मी तम्घासकि एक जना गर्भवती महिलालाइ एम्बुलेन्स पठाएर उद्दार गरिएको थियो ! त्यसै गरि कालिगण्डकी-७ गुल्मीबाट काजकिरिया गर्न डडेल्धुरा हिडेका ४ जनालाइलाई नगरपालिकाले गन्तब्य सम्म पुर्याएको हो ! त्यसै गरि पोखराबाट पर्वत हुँदै ४ दिन लगाएर सल्यान जान हिडेका २३ जनालाइ पनि नगरपालिकाले सवारी साधन उपलब्ध गराएर सम्बन्धित स्थान सम्म पठएको हो ! पानीमा भिज्दै बर्दिया र प्युठान हिडेका २१ जना मजदुरलाइ पनि नगरपालिकाले सवारीसाधनको ब्यबस्था गरि गन्तब्य सम्म पुर्याएको छ !!कोरोना महामारीका बेला नगरप्रमुख र नगरपालिकाका सम्पुर्ण टिमले पुर्याएको सहयोग प्रती नगरबासी तथा अलपत्र यात्रु खुसी छन !!

फेसबुकबाट तपाईको प्रतिक्रिया