गल्याङ नगरपालिकामा एक सय १६ जना सामुदायिक क्वारेन्टाइनमा

१४ बैशाख २०७७, आईतवार ०   बिचार / प्रतिक्रिया


गल्याङ  –  स्याङ्जाको गल्याङ नगरपालिकामा एक सय १६ जना सामुदायिक क्वारेन्टाइनमा राखिएको छ । नेपालकै विभिन्न ठाउँबाट आएका ८८ जना पुरुष र २८ जना महिला गरी एक सय १६ जनालाई गल्याङ नगरपालिकाले १४ दिनका लागि क्वारेन्टाइनमा राखेको हो । क्वारेन्टाइनमा बस्नेहरुमा सबैभन्दा धेरै बारा जिल्लाबाट आएका छन् । बाराको डावर नेपालमा कार्यरत गल्याङ नगरपालिकाका विभिन्न वडाका ७९ जना स्थानीयहरुलाई क्वारेन्टाइनमा राखिएको छ । यस्तै, काठमाडौंबाट आएका २२ जना, बुटवलबाट आएका पाँच जना, म्याग्दीबाट आएका चार जना, चितवनबाट आएका तीन जना, दुम्कीबासबाट आएका दुई जना र चापाकोटका एक जनालाई क्वारेन्टाइनमा राखिएको छ । गल्याङ नगरपालिका तीनमा रहेको गल्याङ बहुमुखी क्याम्पसमा ८९ जनालाई क्वारेन्टाइनमा राखिएको छ । यस्तै, वडा नम्बर सातको ज्योति आधारभूत विद्यालयमा ११ जना र खोलाखर्क आधारभूत विद्यालयमा

आठ जनालाई पनि क्वारेन्टाइनमा राखिएको छ ।यसैगरी, वडा नम्बर दुई गुठीमा रहेको आमा समूहको भवन, गल्याङ नगरपालिका आठमा रहेको कृष्ण अर्यालको खाली घर, वडा नम्बर छ मा रहेको नरोदय मावि र वडा नम्बर चारको शिशुकल्याण माविमा दुई दुई जनाका दरले क्वारेन्टाइनमा राखिएको छ ।क्वारेन्टाइनमा बस्नेमा सबैधन्दा धेरै वडा नम्बर चारका ३४ जना रहेका छन् ।यस्तै, वडा नम्बर सात का २६ जना,वडा नम्बर पाँच का १७ जना, वडा नम्बर दुई का १३ जना र वडा नम्बर ११ का नौ जना क्वारेन्टाइनमा बसेका छन् । यसैगरी, वडा नम्बर छ का छ जना, वडा नम्बर आठ का पाँच जना, वडा नम्बर एकका चार जना र वडा नम्बर तीनका एक जना क्वारेन्टाइनमा बसेका छन् ।एक जना भने पाल्पाको रामपुर नगरपालिका वडा नम्बर आठका पनि क्वारेन्टाइनमा राखिएको छ।काठमाडौं बाट आएका उनलाई गल्याङ बहुमुखी क्याम्पसकै क्वारेन्टाइनमा राखिएको हो ।

क्वारेन्टाइनमा बस्नेहरुलाई खाना बस्नको राम्रो व्यवस्था गरिएको नगरप्रमुख भुपराज अधिकारीले जानकारी दिनुभयो । उहाँले पकाउने भान्छेको व्यवस्था गरि खाना, खाजाको राम्रो व्यवस्था गरिएको स्पष्ट पार्नुभयो । नगरप्रमुख अधिकारीले भन्नुभयो –‘१४ दिन क्वारेन्टाइनको बसाईका क्रममा उहाँहरुमा कुनै कमी नहोस् भन्नेमा हामी सचेत छौं ।’यसैवीच, गल्याङ नगरपालिका १ मा रहेको राम्दीमा झण्डै १४ हजार जनाको स्वास्थ्य परिक्षण गरिएको छ । गण्डकी प्रबेश गर्ने नाकामा भित्रिएका र बाहिरिएका ति यात्रुहरुलाई गल्याङ नगरपालिकाले स्थापना गरेको हेल्थ डेस्क मार्फत स्वास्थ्य परिक्षण गरिएको हो । चैत्र दुई गते हेल्थ डेस्क स्थापना गरिएपछि हालसम्म १३ हजार नौ सय ४७ जनाको स्वास्थ्य परिक्षण गरिएको गल्याङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख लिला भण्डारीले जानकारी दिनुभयो । भण्डारीका अनुसार स्वास्थ्य परिक्षण गरिएका हरुमा तीन हजार ८८ महिला छन् भने १० हजार आठ सय ८९ जना पुरुष रहेका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया