प्रधानमन्त्रीलाई रुघाखोकी र छातीमा संक्रमण

प्रकाशित मिति:

काठमाण्डौ / नेकपाले आज राजधानीमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली अस्वस्थताका कारण उपस्थित हुन सकेनन् । हिजो (शुक्रबार) देखी अचानक रुघा–खोकी लागेर छातीमा संक्रमण देखिएपछि चिकित्सकले कुनै कार्यक्रममा सरिक नहुन सुझाव दिएको कारण प्रधानमन्त्री आजको कार्यक्रममा सहभागी नभएको सचिवालयले जानकारी दिएको छ । कार्यक्रममा निकै भीडभाड हुने भएकाले संक्रमण हुने भयले चिकित्सकले नजान सुझाएको सचिवालयको भनाइ छ । दिउँसो तीन बजेपछि कार्यक्रममा सरिक हुने बताइए पनि अस्वस्थ भएपछि अन्तिम समयमा स्थगित गरिएको सचिवालयले बताएको छ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालले प्रधानमन्त्रीकै अस्वस्थताका कारण शुक्रबार साँझ बस्ने भनिएको मन्त्रिपरिषद् बैठक पनि स्थगित गरिएको जानकारी दिए ।

उनका अनुसार आइतबारबाट प्रधानमन्त्री नियमित काममा फर्कनेछन् । त्यस्तै आइतबार मन्त्रिपरिषद् बैठक पनि बस्ने अर्यालले जानकारी दिए ।