५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि

१४ बैशाख २०७७, आईतवार ०   बिचार / प्रतिक्रिया


काठमाडौँ  –  झापाका ५० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ । आइतबार विराटनगरको कोशी अञ्चल अस्पतालमा गरिएको परीक्षणमा एक पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनुभयाे।उहाँका अनुसार कोशी अस्पताल, विराटनगरमा भएको परीक्षणको नतिजा अनुसार झापाका पुरुषमा कोरोना पोजिटिभ देखिएको हो।डा. अधिकारीले झापाका एक ५० वर्षीय पुरुषमा संक्रमण देखिएको र

उनकाे स्वास्थ्य अवस्था सामान्य रहेकेा बताउनु भयाे । उनी अहिले अस्पतालको निगरानीमा छन् ।यसअघि झापाको दमकका एक जनामा संक्रमण देखिएको थियो । उनको कोशी अस्पताल विराटनगरमा उपचार भइराखेको छ ।आइतबार झापामा एक जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ५२ पुगेको छ । आइतबार नै वीरगन्जका दुईजना पुरुषमा पनि संक्रमण पुष्टि भएको थियो। १६ जना संक्रमित भने निको भएर घर फर्किएका छन्।mirmireonline

फेसबुकबाट तपाईको प्रतिक्रिया