कोरोना भाईरसबाट पिडित नेपालीहरुका लागि एनआरएनएले के गर्दैछ?

१५ बैशाख २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


जानाकारीको लागि एनआरएनले अहिले सम्म गरेका कामको संक्षिप्त सारंश यस प्रकार छ (तथ्याङ्क सहित) । १) गैरआवासीय नेपाली संघको COVID-19 सम्बन्धी उच्चस्तरीय समितिले RRR (Relief, Repatriation, and Rehabilitation; राहत, स्वदेश फिर्ता र पुनर्स्थापना) को कार्यक्रम अगि सारेको छ। अहिले सम्म गरेको राहतको सारंश यस प्रकार छ। क) ४१ देशका १५० भन्दा बढी क्षेत्र (शहर) मा ९०० भन्दा बढी स्वयमसेवकहरु राहतमा खटिएका छन् । ख) २४ हजार भन्दा बढी गैरआवासीय नेपालीहरुले प्रत्यक्षरुपमा राहतको सामाग्री प्राप्त गरेका छन् । ग) एनसिसि र आईसिसिले स्थापना गरेको २४औं घण्टे हटलाईनबाट ७ हजार भन्दा बढी नेपालीहरुले परामर्श लिएका छन् । घ) ७० जना भन्दा बढी मेडिकल डाक्टरहरुले १२०० जना भन्दा बढी नेपालीलाई स्वास्थ्य सम्बन्धी परामर्श दिएका छन् । ड) राष्ट्रिय समन्वय परिषदहरुले पौने ३ करोड रुपैंयाको राहत कोष खडा गरि सकेका छन्, यो कोष बढ्दो छ। च) एनआरएनए कोरिया, चाईना, मकाउ, हङ्कङ्, युएईले रु २ करोड भन्दा बढीको स्वास्थ सामाग्री नेपाल पठाएका छन् ।छ) अन्तर्राष्ट्रिय समन्वय परिषदले रु ५ करोडको राहत कोष लक्ष सहित फण्ड रेजिङ क्याम्पेन अगाडी बढाएको छ । यसको लागि संघले crowdfunding campaign (धेरै जनाबाट थोरै थोरै रकम उठाउने व्यवस्था) गरेको छ । डेविट वा क्रेडिट कार्डबाट अनलाईन वा मोबाईल फोनको Respect & Rise आफ्स प्रयोग गरी डोनेसन गर्न सकिने छ।

यहाँहरुले पनि डोनेसन गर्नु होला, आफ्नो भाई साथीहरुलाई पनि अनुरोध गर्नु होला । ज) स्थानीयरुपमा सहयोग जुटाउन अफ्ठेरो परेका देशहरुमा आईसिसिले राहत रकम वितरण गर्न शुरु गरेको छ । हाल सम्म मध्यपूर्वका कुबेत, युएई, सउदी अरबलाई ५-५ हजार युएस डलर र र युरोपको साईप्रसलाई ३ हजार युएस डलर रकम उपलब्ध गराएको छ । आवश्यकता अनुसार अन्य देशहरुलाई पनि उपलब्ध गराउदै जानेछौं । २) Control and Safe Repatriation नियन्त्रित र सुरक्षित स्वदेश फिर्ताको रणनितिक योजना बनाई सरकारलाई बुझाएका छौं, जुन योजना जनस्वास्थ्य विज्ञ र मेडिकल डाक्टरहरुको टिमले तयार पारेको हो ।३) Rehabilitation (पुनर्स्थापन): स्वदेश फिर्ता भएका नेपालीहरुलाई कसरी पुनर्स्थापन गर्न सकिन्छ, उनीहरुले बाहिर सिकेको ज्ञान र सिपलाई कसरी देश विकासमा सदुपयोग गर्न सकिन्छ भन्ने बारे योजना बन्दै छ ।४) स्वास्थ्य समितिले महामारीको शुरु देखि नै स्वास्थ्य शिक्षामुलक सामाग्रीहरु तयार गरी विधुतिय माध्यम र सोसिएल मेडियाबाट Awareness, Prevention and Promotion को कार्यक्रम सञ्चालन गर्दै आएको छ । यो कार्यक्रम जारी छ ।५) स्वास्थ्य समितिले साप्ताहिक रुपमा संक्रमित र मृत्यु हुनेहरुको तथ्याङ्क पार्ने गरेको छ । २५ अप्रील २०२० साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ४९ पुगेको छ, जसमा बेलायतमा ३३, अमेरिका १०, युएई २, आयरल्याण्ड १, जापान १, टर्कि १ र नेदरल्याण्डमा १, जनाको ज्यान गएको हो । करिब २ हजार जना संक्रमित भएका छन् ।६) Relief, Repatriation, and Rehabilitation कार्यक्रमको लागि नेपाल सरकार, सरोकारवाला निकायहरु, विदेश स्थित नेपाली कुटनितिक नियोगहरु र अन्तर्राष्ट्रिय सँघ सँस्थाहरुसँग निरन्तर सम्पर्क र सहकार्यमा काम गर्दै आएकाछौं । महासचीव हेमराज शर्मा 

फेसबुकबाट तपाईको प्रतिक्रिया