श्रीलंकामा केही समयका लागि संसद बिघटन

प्रकाशित मिति:

कार्तिक, १० । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले आउँदो नोभेम्बर १६ तारिख सम्मका लागि संसद विघटन गरेका छन् । उनले शुक्रबार सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेका थिए ।

यसअघि उनले तत्कालीन प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई बर्खास्त गरी राष्ट्रपति चुनावमा आफैंले हराएका पूर्व राष्ट्रपति महिन्दा राजापाक्षालाई प्रधानमन्त्री नियुक्त गरेका थिए । बर्खास्तीमा परेका विक्रमसिंघेले भने आफू नै श्रीलंकाको प्रधानमन्त्री रहेको दावी गरेका छन् । संसदमा अझै आफ्नो बहुमत भएकाले आफू नै प्रधानमन्त्री भएको उनको दावी छ । विक्रमासिंघेको दलले राष्ट्रपतिले कू गरेको आरोप समेत लगाएको छ ।

महिन्दा राजापाक्षेले भने आफ्नो ट्विटर ह्याण्डलमा आफ्नो परिचय परिवर्तन गर्दै श्रीलंकाको प्रधानमन्त्री बनाएका छन्। पछिल्ला दिनमा विक्रमसिंघे र राष्ट्रपति सिरिसेनाबीच सरकारको कामकारबाहीलाई लिएर मतभेद थियो । महिन्दा राजापाक्षालाई वर्तमान राष्ट्रपति सिरिसेनाले पछिल्लो राष्ट्रपति चुनावमा हराएका थिए । आफ्नै विरोधीका रुपमा चिनिने राजापाक्षालाई नै प्रधानमन्त्री बनाएर राष्ट्रपति सिरिसेनालाई सबैलाई आश्चर्यचकित बनाएका छन् ।

वर्तमान सरकार विक्रमासिंघेको यूएनपी पार्टीसँग मिलेर चलेको थियो । तर, विक्रमासिंघेले गठबन्धन छाड्ने संकेत आएलगत्तै राष्ट्रपति सिरिसेनाले राजापाक्षालाई प्रधानमन्त्री बनाएका छन् । नवनियुक्त प्रधानमन्त्री महिन्दा राजापाक्षेले पद तथा गोपनीयताको सपथसमेत लिइसकेका छन् ।