अमेरिकापछि कोरोनाको धेरै संक्रमण स्पेनमा, २३ हजारको मृत्यु

प्रकाशित मिति:

काठमाडौं /अमेरिकापछि कोरोना भाइरसको सबैभन्दा धेरै संक्रमण स्पेनमा देखिएको छ ।स्पेनमा कुल संक्रमित २ लाख २६ हजार ६२९ पुगेको छ । यो अमेरिकामा संक्रमित हुनेको तुलानामा करिव ७ लाखले कम हो ।स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले २८८ जनाको मृत्यु भएको छ भने २ हजार ८७० जना नयाँ संक्रमित थपिएका छन् ।

त्यहाँ मृतक र संक्रमित दुबै कम भएको छ । यसअघि शनिबार संख्या ३७८ जनाको मृत्यु भएको थियो भने ३ हजार ९९५ जना नयाँ संक्रमित थपिएका थिए ।सोमबार विहान यो समाचार तयार पार्दासम्म १ लाख १७ हजार ७२७ जना उपचारपछि निको भएका छन् ।८५ हजार ७१२ जना उपचाररत छन् । त्यसमध्ये ७ हजार ७६४ जनाको अवस्था गम्भीर रहेको स्पेनका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।