आफ्नै बहिनीमाथि बलात्कार गरेको आरोपमा २३ वर्षीय युवक पक्राउ

प्रकाशित मिति:

आफ्नै १४ वर्षीया बहिनीलाई जवरजस्ती करणी बलात्कार गरेको अभियोगमा भक्तपुर प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक स्थायी घर भइ मध्यपुर ठिमी नगरपालिका  ९ बोडेस्थित जस्ताको टहरोमा बस्दै आएका २३ वर्षीय युवक छन् ।

आफ्नै सहोदर किशोरी बहिनीलाई शनिबार राति जबरजस्ती करणी गरेको भन्ने पीडितको किटानी जाहेरीको आधारमा उनलाई सोही दिन पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।पक्राउ परेका युवाविरुद्ध भक्तपुर जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति लिई जवरजस्ती करणी तथा हाडनाता करणी सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।