ताप्लेजुङमा खाद्यान्न बोकेको ट्याक्टर दुर्घ”टना”

प्रकाशित मिति:

ताप्लेजुङ/ खाद्यान्न बोकेको ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा १ जनाको मृत्यु भएको छ ।खाद्यान्न बोकेर खादिम्बेतर्फ जाँदै गरेकोे प्रदेश १–०१–००१ त ८२४८ नम्बरको ट्याक्टर जिल्लाको श्रीजंगा गाउँपालिका–२ मा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पाँचथरको हिलिहाङ गाउँपालिका घर ट्याक्टर चालक २२ वर्षीय निर्मल लामिछाने छन् ।जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार ट्याक्टर अनियन्त्रित भएर सडकभन्दा करिब १०० मिटर तल खसेको थियो ।दुर्घटनामा ट्याक्टरका सहचालक स्थानीय १९ वर्षीय रुद्र पौडेल घाइते भएका छन् । उनको अहिले जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।