कोरोनाविरुद्धको खोप परीक्षण गरिँदै

प्रकाशित मिति:

काठमाडौं, वैशाख १५ । अमेरिकी विदेशमन्त्री माइक पोन्पियाले भारत र अमेरिका मिलेर कोरोना भाइरसविरुद्धको खोप विकसित गरिरहेको बताएका छन्। अमेरिका र भारत पछिल्लो तीन दशकयता संयुक्त भ्याक्सिन डेभलोपमेन्ट कार्यक्रम चलाइरहेका छन्।  यो कार्यक्रमलाई अन्तर्राष्ट्रिय मान्यता समेत प्राप्त भइसकेको छ। दुवै देश मिलेर डेंगु, इन्फ्लुएन्जा र टिबीको रोकथाममा काम गरिरहेका छन्। दुवै देशले डेंगुविरुद्ध खोपको परिक्षण समेत निकट भविष्यमा गर्ने तयारीमा छन्।  भारत जेनेरिक औषधी र भ्याक्सीन उत्पादनका लागि संसारमै चिनिन्छ। भारतमा भ्याक्सिन बनाउने आधा दर्जनभन्दा बढी कम्पनी छन्। यसका साथै साना कम्पनी समेत भ्याक्सिन बनाउछन्। यी कम्पनीले पोलियो, मेनिन्जाइटिस, निमोनिया, रोटाभाइरस, बिसीजी, मिजल्स, पन्प्स र रुबेलालगायतका बिरामीको भ्याक्सिन बनाउँछन्। अहिले आधा दर्जन भारतीय कम्पनी कोरोना भाइरसविरुद्धको खोाप विकसित गर्न जुटेका छन्। यिनैमध्येको एउटा रिसम इन्सिटट्युट अफ इन्डिया हो। खोप उत्पादन र विश्वभरमा बिक्रिका लागि यो सबैभन्दा ठूलो भ्याक्सिन कम्पनी हो।

५३ वर्ष पुरानो यो कम्पनी हरेक वर्ष १।५ अर्ब डोज बनाउँछ। कम्पनीका दुइटा ठूलो प्लान्ट पुणेमा छन्। यद्यपी, कम्पनीको नेदरल्यान्ड्स र चेक रिपब्लिकमा समेत साना प्लान्ट छन्। यो कम्पनीमा करिब सात हजार मानिस काम गर्छन्। कम्पनीले १६५ देशमा २० किसिमका भ्याक्सिन सप्लाई गर्छ। यहाँ उत्पादन हुने कूल भ्याक्सिनको करिब ८० प्रतिशत हिस्सा निर्यात गरिन्छ। यसको मूल्य औसत ५० सेन्ट प्रतिडोज हुन्छ। अब कम्पनीले कोडाजेनिक्ससँग गठजोड गरेको छ। कोडाजेनिक्स एक अमेरिकी बायोटेक कम्पनी हो। दुवै कम्पनी मिलेर लाइभ एटेनुएडेट भ्याक्सिन ९यस्तो भ्याक्सिन जसमा भाइरसलाई कमजोर गर्न ल्याबमा भ्याक्सिन बनाउनका लागि प्रयोग गरिन्छ। यद्यपी यो भाइरस जिवीत हुन्छ० बनाउनेछन्। विश्वभरका करिब ८० कम्पनी कोरोनाविरुद्धको खोप बनाउने काममा लागेका छन्। यो खोप नोक्सान पु¥याउने गुणलाई समाप्त पारेर तयार गरिन्छ। यद्यपी यो भाइरसलाई जिउँदो राखिन्छ। पेथोजेनको कमजोर हुँदा यो निकै सामान्य विरामी पैदा गर्छ, किनकी यसले लेबोरेटरिजमा कन्ट्रोल्ड माहोलमा प्रयोग गरिन्छ।

रिसम इन्स्ट्यिुड अफ इन्डियाका चिफ एग्जक्युटिभ अफिसर आधार पुनावाला भन्छन् अप्रिलमा यो भ्याक्सिन जनवारमा परीक्षण गरिन्छ। सेप्टेम्बरसम्म हामी मानिसमा ट्रायल गर्ने स्थितिमा हुनेछ।’ पुनावाला कम्पनीले बेलायन सकारको समर्थनमा युनिभर्सिटी अफ अक्सफोर्डद्वारा विकसित गरिरहेको एक भ्याक्सिनलाई ठूलो परिमाणमा उत्पादनका लागि तयार गरेको छ।जेनेटिकली इन्जिनियर्ड चिपान्जी भाइरस नयाँ भ्याक्सिनका आधारमा हुनेछ। अक्सफोर्डमा ह्युमन क्लिनिकल ट्रायल्स बुधबारबाट सुरु हुनेछ। यदी परीक्षण सफल भए यो खोप करिब १० लाख डोज तयार हुनेछ। अक्सफोर्डको जेनर इन्स्ट्यिुटका हेड प्रोफेसर एड्रियन हिलले बीबीसीसँग भनेका छन्, ‘यो वर्षको अन्त्यसम्म विश्वभर लाखौं डोज आवश्यकता पर्नेछ। ताकी हामी यो महामारीलाई समाप्त गरेर लकडाउनबाट बाहिर आउन सकियोस्।’