तिनाउमा दोहन रोक्न विप्लवको चेतावनी

१५ बैशाख २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


बुटवल, १५ बैशाख  – नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सम्बद्ध जिल्ला जनपरिषद रुपन्देहीले तिनाउ नदीबाट गिट्टी, ढुङ्गा, बालुवाको दोहन भइरहेको भन्दै तत्काल रोक्न माग गरेको छ । राष्ट्रिय गौरवको योजनाका नाममा बुटवल उपमहानगरमा पर्ने तिनाउ लकडाउनमा मौकामा नदी दोहन भइरहेको भन्दै तत्काल नरोके पार्टीले कारवाही गर्ने चेतावनी दिएको छ ।‘जिल्ला प्रशासन रुपन्देही, बुटवल उपमहानगरपालिका

र केही निर्माण व्यवसायीको मिलेमतोमा लकडाउनको मौका छोपेर नदी दोहन भइरहेकोप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ’– जिल्ला जनपरिषद् रुपन्देहीका प्रमुख जीवनद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ–‘पर्यावरणीय सन्तुलनको बेवास्ता गर्दै बस्तीको संरचनालाई क्षति पुग्ने गरी चोरी तथा निकासीको अबैध धन्दालाई समेत बैधता दिइएको छ, तत्काल यस्तो कार्य नरोके जनपरिषद्को आफ्नो नीति अनुसार कारवाही गरिन्छ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया