कोभिड १९ राहत कोषमा ३१ लाख ७२ हजार संकलन

१५ बैशाख २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


तोलाकान्त बगाले / वालिङ, १५ वैशाख  –  वालिङ नगरपालिकाले स्थापना गरेको ‘वालिङ नगरपालिका कोभिड १९ राहत कोष’ मा सोमबारसम्म ३१ लाख ७२ हजार ६ सय ९७ संकलन भएको छ ।वालिङ नगरभित्रका १४ वटै वडामा कोभिड १९ को संक्रमणबाट गुज्रिरहेको अवस्थामा नपाको प्रभावित नागरिकहरु सिमान्तकृत, गरीब, दैनिक ज्यालादारी, गुजारा ब्यवसाय र सडक जीवन बिताईरहेकाहरुलाई खाद्यान्न तथा राहत उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको कोषमा आइतबार मात्रै २१ हजार ७ सय ७१ रकम संकलन भएको छ ।वालिङ नगरपालिकाले स्थापना गरेको राहत कोषमा आईतबारमात्रै नेपाल शिक्षक संघका गण्डकी प्रदेश सदस्य दिपक रेग्मीले जन्मदिनको अवसरमा ५ हजार ५ सय ५५,

सक्षम वालिङ सिभिडन क्लब स्याङ्जाबाट ११ हजार १ सय ११, वालिङ ८ निवासी देवी कुँवरले आफ्नो जन्मदिनमा ५ हजार १ सय ५ संकलन भएको हो ।थप भएको रकमसँगै हालसम्म नगद तथा खाद्यान्न गरी रु. ३१ लाख ७२ हजार ६ सय ९७ संकलन भएको वालिङ नगरपालिकाले जनाएको छ । नगरपालिकाको राहत कोषमा हालसम्म नगद २४ लाख, ८४ हजार ६ सय ९७ र खाद्यान्न ६ लाख ८८ हजार गरी कूल रु. ३१ लाख ७२ हजार ६ सय ९७ संकलन भएको वालिङ नगरपालिकाले जनाएको छ ।वालिङ नगरपालिकाको कोभिड १९ राहत कोषको नेपाल बैंक लिमिटेड वालिङको खाता नं. ०८३००१०६८३३२६७०००००१ मा ईच्छुक संघ संस्था तथा ब्यक्तिगत र संस्थागत सहयोग रकम जम्मा गरी बैंक भौचरको प्रति नगरपालिका कार्यालयमा उपलब्ध गराउन हुन पनि नगरपालिकाले अनुरोध गरेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया