नागरिक अभियान लुम्बिनी अस्पतालमा

१५ बैशाख २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


बुटवल  –  १५ बैशाख  –  कोभिड–१९ नागरिक सरोकार अभियानले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको अवलोकन गरी अविलम्ब अस्पतालको ओ.पी.टी. सेवा सूचारु गर्न अनुरोध गरेको छ । ९८ जना विशेषज्ञ डाक्टरहरुको दरबन्दी भएको प्रोदेशिक अस्पतालले इर्मजेन्सी र प्रसुती सेवाबाहेकका सबै सेवा अवस्थामा रहेका छन् । अभियानको टोलीले अस्पतालका प्रमुख डाक्टर राजेन्द्र खनाल एवम् कोरोना विशेषज्ञ अस्पतालका प्रमुख डाक्टर सुर्दशन थापासँग अलग–अलग छलफल गरेको छ ।

टोली समक्ष डाक्टर खनालले साधनस्रोतको व्यवस्थापन गरी छिट््टै सेवा सुरु गर्ने कुरा बताएका थिए । कोरोना भाइरसका कारण भय र क्रास उत्पन्न भएकाले सेवा सञ्चालनमा कठिनाई आएको बताएका थिए । टोलीमा अभियानका संयोजक विनोद पहाडी,सदस्यहरु गोविन्द खनाल,समुन्द्र जिसी, पदम कार्की, दुर्गा नेपाल, बुटवल–१ का वार्ड अध्यक्ष महेन्द्र लिगल, अधिवक्ता विजय गौतम,पत्रकार विक्रम खड्का,विनोद पोखरेललगायतको सहभागीता रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया