नेकपा भीरकोटद्वारा प्रकोप व्यवस्थापन कोषमा ३० हजार राहत प्रदान

१५ बैशाख २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


चुत्र महत / वैशाख १५,भीरकोट – भीरकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा राहत रकम आउने क्रम जारी रहेको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा भीरकोट नगर कमिटीले भीरकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा हुने गरी नेकपा जिल्ला सदस्य सन्तोष केसी र नेकपा भीरकोट सचिव विश्वनाथ अर्यालले राहत स्वरुप नगद ३० हजार १ सय नगर प्रमुख छायाराम खनाललाई प्रदान गरेका हुन।नगद रकम वुझ्दै नगर प्रमुख छायाराम खनालले नगर भित्रका

सक्रिय रहेका राजनितिक दलहरुले कोविड १९ ले विश्व माहामारीको रुप लिइरहेको अवस्थामा लक डाउन वाट प्रभावित भीरकोट वासीहरु लाई भोकै भई वाच्नुपर्ने अवस्था आउन नदिनको लागी सवैको उत्तिकै दायुत्व रहेको भन्दै भीरकोटका सवै संघ सस्था व्यापारीहरुले आफुसक्य सहयोग गर्न आग्रह गर्दै नेकपा भीरकोट नगर कमिटीलाई धन्यवाद व्यक्त गर्नुभयो । हाल सम्म भीरकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा ८ लाख ८ हजार ४ सय ३८ जम्मा भएको नगर प्रवत्ता दिपेन्द्र केसीले वताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया