नगर प्रकोप ब्यवस्थापन कोषमा २९ लाख भन्दा बढी रकम संकलन

१५ बैशाख २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


रामु भुसाल / बर्दघाट – पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले स्थापना गरेको बर्दघाट नगर प्रकोप ब्यवस्थापन कोषमा अहिले सम्म २९ लाख ४७ हजार ४ सय ६० रुपैया नगद सहित अन्य जिन्सी सामाजहरु सहयोग प्राप्त भएको छ । कोरोना भाईरसको सम्भावित संक्रमणलाई रोक्नको लागी सरकारले गरेको लकडाउनबाट प्रभावितहरुका लागी राहात वितरण गर्नको लागी स्थापना गरीएको प्रकोप ब्यवस्थापन कोषमा नगर क्षेत्रका विभिन्न संघ संस्था कार्यालय तथा ब्यक्तिहरुबाट उक्त रकम र जिन्सी सामानहरु प्राप्त भएको बर्दघाट नगरपालिकाका नगर प्रमुखधिरज शर्मा बस्यालले बताउनु भयो ।नगरपालिकाको अहिलेको तथ्यांक अनुसार बर्दघाट नगरपालिकाका प्रकोप ब्यवस्थापन कोषमा कर्मचारीहरुबाट ३ लाख ५५ हजार

जनप्रतिनिधीहरुबाट ५ लाख ५ हजार, निजी बिद्यालयहरुबाट ३ लाख ५१ हजार, सामुदायीक विद्यालयहरुबाट ३ लाख ४६ हजार संघ संस्थाहरुबाट ८ लाख ९ हजार ९ सय ४२ रुपैया, आमा समुहबाट २६ हजार ९ सय ५ रुपैया, सहकारीहरु बाट ४ लाख ४० हजार २ सय ८३ रुपैया र सामाजिक ब्यक्तित्वबाट १ लाख १४ हजार १ सय रुपैया सहयोग प्राप्त भएको छ । त्यस्तै जिन्सीतर्फ अहिले सम्म जम्मा चामल दश हजार ४ सय ८५ किलो, दाल ३ सय किलो, नुन ३ सय किलो, तेल ५५ लिटर , साबुन २ सय ४ पिस अन्य सामान ७ सय २३ थान प्राप्त भएको नगरपालिकाको सोमबार सम्मको तथ्यांक छ । बर्दघाट नगरपालिकाले केन्द्र र प्रदेशको निती अनुसार नै राहत वितरणमा एकद्धार प्रणालीमा अघि बढ्ने नगर प्रमुख बस्यालले बताउनु भयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया