उत्पन्न हुन सक्ने सकंटलाई मध्यनजर गर्दै कृषी यन्त्रहरुको भाडा दर रेट निर्धारण

१५ बैशाख २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


रामु भुसाल / सुनवल – पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले विश्वभर फैलिएको कोरोना भाइरस कोभिड १९ बाट उत्पन्न हुन सक्ने खाद्य सकंटलाई मध्यनजर गर्दै कृषकको समस्यालाई समाधान गर्न कृषी यान्त्रिकरण अन्र्तगत ट्याक्टर र थ्रेसरको भाडा दर रेट निर्धारण गरेको छ । सुनवल नगरपालिकाका नगर प्रमुख भिम बहादुर थापा क्षेत्री भरतको अध्यक्षतामा नवलपरासी ट्याक्टर ब्यवसायी संघ बसेको बैठकमा सो निर्णय गरिएको हो । खाद्य संकटलाई न्युनिकरण गर्न कृषकहरुको हितलाई मध्यनजर गर्दै सुनवल नगर क्षेत्र भित्र रहेका कृषी योग्य जमिनमा कृषी उपजको उत्पादन बढाउने

उदेश्यले बैशाख १६ गते लागु हुने गरि ट्याक्टरको जोताईमा कल्टीबाट जोतेको प्रति घण्टा रु १ हजार एक सय र रोटाभेटरबाट जोतेको प्रति घण्टा एक हजार ६ सय र थ्रैसरमा एक जना कामदार सहित एक हजार ६ सय प्रति घण्टा कायम गरिएको र सो लागु गर्न ट्याक्टर ब्यवसायी संघ तयार भएको नगर प्रमुख थापाले जानकारी दिनुभएको छ । साथे उहाँले नगर भित्रका कुनै पनि खेती योग्य जमिन बाझो नराख्न समेत आग्रह गर्दै नगरले यो समयमा कृषकहरुलाई आवश्यक रासायनिक मल एवं विउ विजनको कमी हुन नदिन आफु प्रयासरत रहेको र सरोकारवाला संग छलफल भइरहेको समेत जानकारी गराउनुभएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया