न्युजिल्याण्डले कोरोना भाइरसविरुद्धको लडाइँ जितेको प्रधानमन्त्रीको दावि

१६ बैशाख २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


१५ वैशाख, काठमाडौं । न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिण्डा अर्डर्नले आफ्नो मुलुकमा परीक्षण हुन बाँकी कुनै पनि संक्रमित नभएको दाबी गरेकी छिन् । साथै उनले न्युजिल्याण्डले कोरोना भाइरसविरुद्धको लडाइँ जितेको जिकिर गरेकी छिन् । यससँगै मंगलबारदेखि न्युजिल्याण्डले लकडाउनमा केही छूट दिने निर्णय गरेको छ । न्युजिल्याण्डको स्वास्थ्य विभागका महानिर्देशक डाक्टर एश्ले ब्लूमफिल्डले मुलुकले आफ्नो लक्ष्य हासिल गरिसकेको बताए ।

यसको अर्थ मुलुकमा संक्रमितहरु छैनन् भन्ने नरहेको तर आफूहरुलाई संक्रमितहरु कहाँबाट आइरहेका छन् भन्ने कुरा थाहा भएको ब्लूमफिल्डको भनाइ छ ।सोमबार न्युजिल्याण्डमा एक नयाँ संक्रमित फेला परेका छन् भने एक जनाको मृत्यु भएको छ । न्युजिल्याण्डमा अहिलेसम्म एक हजार पाँच सयभन्दा कम संक्रमित छन् ।यीमध्ये ८० प्रतिशत निको भइसकेका छन् । अहिलेसम्म यो मुलुकमा कोरोना भाइरसको कारण १९ जनाको मृत्यु भइसकेको छ । स्रोत स् बीबीसी

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • गणस्तरिय शिक्षाका लागि शिक्षकलाई तालिम
  • जुम्लाको तिला गाउंपालीका मा आगलागीबाट २५ घर जलेर नष्ट
  • कक्षा १२ को परिक्षाफल आउन अझ केही दिन लाग्ने
  • सुरु भयो कोरोना खोप अभियान
  • बुवाको स्मृतिमा शक्ति गौचनले तेस्रोपटक क्रिकेट प्रतियोगिता गराउँदै
  • कोरोना विरुद्धको खोप ‘कोभिसिल्ड’ बुधबार बिहान १० बजेदेखी लुम्बिनी प्रदेशका…
  • विघटन भएको प्रतिनिधिसभा पुनस्र्थापनाको कुनै संभावना छैन : अर्थमन्त्रि पौडेल
  • अदालतको काम संविधानको रक्षा गर्ने तथा व्यवस्थापिकालाई ठिक स्थानमा राख्ने…
  • पुर्वाग्रहबीना सदस्यता सिफारिस गर्न प्रेस युनियन रुपन्देहीद्धारा महासंघको ध्यानाकर्षण
  • रुपन्देहीको सियारी गाउँपालिकामा खरका छाना विस्थापित गरिने